आकस्मिक अवतरणका क्रममा रुसी विमानमा आगो, ४१ जनाको मृत्यु

मस्को- रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
रुसी राष्ट्रिय ध्वजाबाहक एयरोफ्लोटुको सुखोई एसएसजे-१०० विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए । विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो ।
रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले विमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिइन् । तर, स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएकी छिन् ।
उता एयरोफ्लोट कम्पनीले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित रहेका भन्दै ३३ जनाको मात्रै नाम प्रकाशित गरेको छ । सो क्रममा कम्पनीले आपतकालिन टेलिफोन नम्बर समेत सार्वजनिक गरेको थियो । कम्पनीले घाइतेहरुका परिवारजनलाई निशुल्क राजधानी मस्कोसमेत पुर्याइने जनाइएको छ ।
भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो । सेरेमेट्येभो विमानस्थलबाट उत्तरी सहर मरमान्स्कका लागि उडेको उक्त विमानमा प्राविधिक समस्या रहेको भन्दै सेरेमेट्येभो फर्किएको थियो। विमानस्थलमा जबर्जस्ती उत्रनासाथ विमानमा आगो लागेको थियो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुनेका परिवारजनमा समवेदना अर्पण गरेका छन् ।
रिपोटका अनुसार विमानलाई आकस्मिक अवतरण गर्ने पाइलटहरुको पहिलो प्रयास असफल भएको थियो। ट्रेकिङ वेबसाइट ुफ्लाइटरडार द्दद्धु का अनुसार विमान उडको करिब आधा घन्टा भित्रै आकस्मिक अवतरणको प्रयास गरिएको थियो।
दोस्रो पटकको अवतरणका क्रममा भने विमान ग्राउन्डेड नहुँदै विमानमा आगो लागेको भिडियो फुटेजमा देखिएको छ।
मिडिया रिपोर्टका अनुसार घटनाको जाँच सुरु गरिएको छ।
ुसुपरजेटु भनिने रुसी ुएसएसजे(१००ु दुई इन्जिनयुक्त विमान हो। यो विमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो।
उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त विमानको गत अप्रिलको सुरुमै मर्मत गरिएको जनाएको छ। एयरोफ्लोटले पाइलटहरुमा करिब १ हजार ४ सय घन्टा विमान उडाएको अनुभव रहेको बताएको छ।
सोभियत सङ्घ युगको विमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले ुएसएसजे(१००ु सिरिजका नयाँ विमान विकास गरेको थियो। यही सिरिजका विमानहरु रुसबाहेक आर्मेनीया र मेक्सिकोसमेतका अरु देशमा पनि प्रयोग भइरहेको छ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...