अष्ट्रेलियन दुतावासको सहयोगमा मुस्ताङमा सुशासन पत्रकारिता तालिम

जोमसोमः अष्ट्रेलियन राजदुतावासको आर्थिक सहयोगमा हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा सुशासन र विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको समन्वयमामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा बरिष्ठ पत्रकार रामकृष्ण रेग्मी र श्रीरामसीङ बस्नेतले सहजिकरण गरेका थिए । तालिमको उद्घाटन गर्दै नेपालका लागि अष्ट्रेलियाका राजदुत पिरट बोडेले सुशासनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताए ।
‘पत्रकारिताले सरकारलाई जवाफदेही बनाउँछ । जनताको चाहना र भावना मुखरित बनाउनुपर्छ,’ राजदुत बोडेले भने ‘निजी र सरकारी क्षेत्रमा सुशासन बढावा गर्न पत्रकारिताले महत्वपूर्ण जिम्मेवारी निभाउनुपर्छ ।’ नेपाल नयाँ व्यवस्था र शासकीय स्वरुपको अभ्यासमा रहेको बताउदै राजदुत बोडेले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारको टकराव न्युनीकरणमा जोड दिए । बरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सुशासन बिना सम्बृद्धी सम्भव नभएको बताउँदै सुशासनलाई महत्व दिनुपर्ने बताए । अर्का प्रशिक्षक श्रीरामसीङ बस्नेतले पत्रकारिता क्षेत्रले सुशासनलाई महत्व दिएर कुशासन हटाउन सक्रिय बन्नुपर्ने बिचार व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले पत्रकारिताको गुणस्तर बढाउन र विश्वसनीयता कायम राख्न पत्रकारहरुको क्षमता विकासका लागि तालिम उपयोगी हुने बताए । राष्ट्रिय सञ्चार विकास केन्द्रका अध्यक्ष बिष्णु शर्मा पराजुलीले संस्था मार्फत नेपालका ७३ जिल्लामा पत्रकारिता तालिम सञ्चालन गरेर नयाँ पत्रकारिता उत्पादन तथा कार्यरत पत्रकारहरुको क्षमता विकासमा सहयोग पु¥याएको बताए । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षता र सुनिल नेपालीको सञ्चालनमा तालिम समापन गरिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



