अष्ट्रेलिया आउने बिद्यार्थीमा नेपाल तेस्रो स्थानमा 

-- गोपाल छन्त्याल - नेपाली टाईम्स अष्ट्रेलिया ?>
गत एक बर्षमा अध्ययानका लागि बिश्वभरबाट अष्ट्रेलिया आउने बिद्यार्थीहरु मा नेपाली विद्यार्थी तेस्रो स्थानमा रहेको यहाँको  एक सरकारी तथ्यांकले देखाएको छ ।  अष्ट्रेलियन सरकारको अध्यागमन विभागलाई उधृत गर्दै सरकारी सञ्चार माध्यम एबिसीले सार्वजनिक गरेको तथ्यांकमा गएको आर्थिक बर्ष सन् २०१७-१८ मा २८ हजार २८ हजार २ सय ७९ नेपाली विद्यार्थी अष्ट्रेलिया आएको देखाएको हो ।  सो अवधीमा सबैभन्दा बढी चीनबाट एकलाख ५२ हजार ७ सय १२ र भारतबाट ७२ हजार विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया आएका छन् ।
 भिषा प्रक्रिया र अँग्रेजी भाषा परिक्षामा गरिएको खुल्लापनका कारण सन् २०१५ देखि निरन्तर विदेशी विद्यार्थीको सँख्या बढिरहेको अध्यागमन विभागले जनाएको छ । अष्ट्रेलिया आउने र यो चार बर्षको अवधीमा आएका विद्यार्थीहरु मा अँग्रेजी भाषा कम्जोर देखिदै जान थालेपछि सरकारी टेलिभिजन एविसीले अष्ट्रेलियाका युर्निभर्सिटी, अध्यागमन विभागका पूर्वपदाधिकारी र सरोकारवाला निकायहरुलाई एक ठाउँमा ल्याएर कार्यक्रम ‘फोर कर्नर’ मार्फत अन्तराष्ट्र्रिय विद्यार्थीको सँख्या, भिषा प्रक्रिया, अँग्रेजी भाषा क्षमता र त्यसको न्यूनमत मापदण्डहरुका विषयमा बहस गरेको थियो । ‘शैक्षिक क्षेत्र  अष्ट्रेलियाको तेस्रो आयात उद्योग बनेको छ, यसले  अष्ट्रेलियाको अर्थतन्त्रमा बार्षिक ३४ बिलियनको हाराहारीमा योगदान दिएको छ’ एविसीले लेखेको छ, ‘तर, अँग्रेजी भाषाको न्यूनतम् स्ट्यान्डरमा गरिएको खुल्लापनले कमजोर अँग्रेजी भाषाका विद्यार्थी पनि यहाँ आए ।’ एविसीका अनुसार, अर्थतन्त्रमा चिनियाँबाट ११ विलियन, भारतीयबाट ३.८ विलियन र नेपाली विद्यार्थीबाट १.८ विलियन योगदान पुगेको उल्लेख छ ।
(Source- abc news)
यसै गरि यहि मे १ बाट लागु हुने गरि अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली बिधार्थीहरु लाई मात्रै लक्षित गर्दै एक नयाँ नियम पारित गरेको छ । अष्ट्रेलियामा प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका हकमा सरोकार राख्ने यो नियम अनुसार विद्यार्थीहरूले अङ्ग्रेजी भाषाको दक्षताको प्रमाण (आइएलटिएस वा सो सरह ) र अध्यान अबधिका लागि आफु आर्थिक रुपमा सक्षम भएको आर्थिक विवरणहरू भिसाको आबेदन संगै पेश गर्नु पर्नेछ । यसले नेपालबाट पर्यटन या अन्य भिषामा आएर यतैबाट बिधार्थी भिषाको अनुमति लिन चाहानेहरुलाई अबको प्रक्रिया कठिन हुने जनाईएको छ।