कुलमान, स्वेता र सबिताको उपस्थितिमा एनआरएनएले गाला  डिनर गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
एनआरएनए अष्ट्रेलिया एनएसडब्लु एससीसीको आयोजनामा एक परोपकारी गाला डिनर हुदैछ।  नेपाल सरकारका कर्मठ कर्मचारी एबं नेपाल भर सर्बाधिक रुचाइएका, निक्कै लामो समय सम्म लोड सेडिंग समस्याबाट गुज्रेको नेपाललाई उज्यालो बनाउने एतिहासिक कदमका प्रमुख कुलमान घिसिङ्गको बिशेष उपस्थितिमा हुने यस गाला डिनरमा घिसिङ्गको अतिरिक्त परोपकारिताको क्षेत्रमा छुट्टै परिचय बनाएकी नायिक श्वेता खड्का र  नेपालमा मानसिक, बृद्दी विकास र बिबिध रुपमा अपांग रहेका बाबु नानिहरु लाई बिशेष स्कुल संचालन गरिरहेकी सबिता उप्रेतीको पनि उपस्थिति रहनेछ।
गाला डिनरको तयारी र उदेश्य बारे जानकारी गराउनका लागि हालै गरिएको पत्रकार भेटघाटमा तिनै अतिथिका बारेमा र कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । पत्रकार भेटघाटमा नेपालमा परोपकारिता क्षेत्र र ब्यबस्थापनको क्षेत्रमा सम्मानित व्यक्तित्वहरुको उपस्थिति र उनीहरुको अनुभब हामी सबैका लागि जीबन उपयोगी हुनेमा एनआरएनए बिश्वस्त भएकोले उँहाहरु लाई अतिथिको रुपमा निम्त्याइएको जानकारी दीइएको थियो । च्यारिटी गाला डिनरबाट बचात रकमको आधा हिस्स्सा अष्ट्रेलियामा समस्या पर्दा धेरैको सहयोगी बनेको एनआरएनए सोसीयल वेलफियर फण्डमा र अर्को आधा हिस्सा सबिता उप्रेतीले अपाङ्ग र बृद्दी बिकास र अटिजम लागायतका बिधार्थीहरु का लागि संचालि बिशेष स्कुल Special School For Disabled and Rehabilitation Center (SSDRC) लाई सहयोग गरिने एनआरएनएनए अष्ट्रेलिया उपाध्यक्ष एबम एनएसडब्लु संयोजक नन्द गुरुङ्गले जानकारी दिए।
एनआरएनए अष्ट्रेलिया एससीसी एनएसडब्लु संयोजक नन्द गुरुङ्गको अधक्ष्यतामा सम्पन्न उक्त पत्रकार भेटघाट कार्यक्रममा उपस्थिति बिभिन्न बक्ताहरु ले कार्यक्रमको सफलताको कामना गरेका थिए भने कार्यक्रममा उपस्थित बिबिध जिज्ञासा र प्रश्नहरु लाई कार्यक्रम संयोजक एबम एनएसडब्लु महिला फोरोम संयोजक सन्ध्या शाह, कार्यक्रम उपसंयोजक दिपक पाहारी, एनआरएनए सोसीयल वेलफियर फण्डका संयोजक दिनेश पोख्रेल र नन्द गुरुङ लागायतले सम्बोधन गरेका थिए।
बाबा एजुकेशन र आरकेएस मुख्य प्रायोजक रहेको उक्त कार्यक्रम अन्य कार्यक्रम भन्दा बिशेष रहेका कराण र आफु पनि यहि समुदायको सदस्य भएका कारण कार्यक्रमको प्रायोजन गरेको बाबा एजुकेशनको तर्फ बाट रबिन्द्र शर्माले  बताए । करिब ५०० जनाको सहभागिताको लक्ष्य राखिएको उक्त कार्यक्रमको टिकट दर ७० र १०० अष्ट्रेलियन डलर रहेको भए पनि यस पत्रकार भेटघाट कार्यक्रमबाट आएको सुझाबको आधारमा बिधार्थीहरु लाई सहुलियत टिकट उपलब्ध गराउने बारे पनि कमिटिमा छलफल गर्ने जनाईएको छ। एनआरएनए एनएसडब्लु एससीसी सदस्य दिल तमाङ्गले संचालन गरेको र एससीसी उपसंयोजक अर्जुन केसीले स्वागत गरेको सो कार्यक्रममा उठेका सबै सुझाबहरु लाई लिपिबद्द गर्दै कार्यक्रम स्वरूप तयारी गरिने पनि कार्यक्रम संयोजक सन्ध्या शाहले जनाकारी दीइन । आउँदो मे २६ आइतबार साँझ ६ बजे देखि इन्द्रेणी फंक्सन सेण्टर रक्डेलमा हुने उक्त कार्यक्रम सबै एनसिसि, एससिसि र आइसीसीका साझा कार्यक्रम भएकोले सबैको साथ सहयोग र उपस्थितिको लागि एनआरएनए अष्ट्रेलियाको तर्फबाट सबैमा हार्दिक अनुरोध गरिएको छ।