मूलधार राजनीतिमा दोश्रो पुस्ता

-- महेन्द्र कुमार लम्साल, आवरण लेख मे अंक २०१९ / प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६

सन् १९९० दशकको अन्त्यतिर आफ्नो आर्थिक, एकेडेमिक र झोला कुम्लो मिलार्ई उच्च शिक्षा आर्जन गर्न अष्ट्रेलिया झर्दै गरेका पहिलो ब्याजका नेपालीहरू लार्ई आजको अष्ट्रेलिया अन्दाज थिएन होला । प्रायः सबै उनीहरू विदेशमा उच्च शिक्षा हासिल गरि स्वदेश मै फर्की सेवा गर्ने सोच बनाएर अष्ट्रेलिया झरेका थिए । जब सन् १९९८ मा तत्कालिन सरकारले दक्ष जनशक्तिलार्ई अध्यागमनको ढोका खोल्ने निर्णय गरि अध्ययन भिसा र तत्पश्चात ज्ञान दक्षता र क्षमताका आधारमा ग्र्याजुएट विद्यार्थीहरू लार्ई अष्ट्रेलिया जस्तो सम्पन्न मुलुकमा पीआर तथा नागरिक्ता प्रदान गर्ने वातावरण सहज बनाउँदै लग्यो त्यसको क्रमिक रुपमा सदुपयोग गर्नेहरूमा नेपाली विद्यार्थीहरू अग्रपंक्तिमा परे ।

चाहे गोर्खा सेनामा होस् या आफ्नो देश भित्रै होस्, मिहिनेती, अनुशासित समुदायमा हाम्रा पूर्खाले कमाएको छबिको प्रतिफलले गर्दा पनि अष्ट्रेलियन सरकार, यहाँका शैक्षिक संस्थाहरू, रोजगारदाताहरू र बिशेष गरि अध्यागमनको आँखामा नेपालीहरू समुदायलार्ई हेर्ने सकारात्मक दृष्टिकोण र प्रदान गर्ने प्राथमिकताहरूमा पर्न मुस्किल परेन ।

नेपालीहरूको अष्ट्रेलिया प्रवेश १९९० को दशकतिर सुरु भए पनि यहाँको स्थाई बसोबासको सुरुवात सन् बिसौं शताब्दीको सुरुदेखि भएको हो । बढ्दो संख्यामा स्थाई बसोबासको व्यवस्था हुँदै जाँदा नेपालीहरू घर परिवार, व्यवसाय तथा राजनीतिमा सहभागिता जनाउने क्रम बढ्दै जान थाल्यो । पहिलो पुस्ताका नेपालीहरू आफू जस्तो दुःख झेलेर भए पनि आफ्ना बालबच्चाहरूलार्ई कुशल अभिभावकत्व र गुणस्तरीय शिक्षा दिने क्रम पनि जारी नै रह्यो । त्यै कुशल अभिभावकत्व र गुणस्तरीय शिक्षाका एक उपहार हुन् आजका प्रमेज श्रेष्ठ ।

प्रवासमा द्रुत गतिमा बढेको नेपाली समुदायको ज्ञान शीप र शक्तिलार्ई एकत्रित गर्नु पहिलो पुस्तालार्ई भ्याई नभ्याई छ । चाहे एनआरएनए होस् या अन्य सामुदायिक संघ संस्था होस नेपाल र अष्ट्रेलियामा रहेका नेपालीहरूलार्ई सक्दो सहयोग गर्ने क्रममा अरु समुदायको तुलनामा हाम्रो समुदायले उल्लेखनीय र उदाहरणीय काम गरेकोमा यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समुदाय प्रसंशित र मर्यादित नै छ । यसका अतिरिक्त केहि पहिलो पुस्ताका नेपालीहरू यहाँको मूलधार राजनीतिको माथिल्लो लेभलको नेतृत्वसम्म सामान्य नेटवर्किङ गर्दै जाँदा हाम्रो दोश्रो पुस्तालार्ई अष्ट्रेलियाको राजनीतिमा फड्को उचित मार्गदर्शन र अवसर पनि मिलेको देखिन्छ ।

अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक र सम्पन्न मुलुकको भाषिक, सांस्कृतिक तथा कानूनी क्षेत्रको गहन ज्ञान तथा पर्याप्त अनुभवको अभावको कारण पनि पहिलो पुस्तालाई यहाँको मूलधार राजनीतिको माथिल्लो पदसम्म पुग्न त्यति सहज नभएको यथार्थ हो । र त्यसका लागि हामीले नयाँ पुस्ताको भरोशा, पर्खाइ र निरन्तर ग्रुमिङ्ग गर्नु नै थियो ।

जब २०१९ मे १८ मा हुँदै गरेको संघीय संसदको निर्वाचनमा २७ वर्षीय युवा प्रमेज श्रेष्ठको सत्तारुढ लिबरल पार्टीका तर्फबाट सिड्नीको दक्षिण भेगमा पर्ने बार्टन निर्वाचन क्षेत्रबाट संसद सदस्यकालागि उम्मेदवारीको कन्फर्मेशेन नेपाली समुदायमा फैलियो तब हाम्रो पर्खाइ एउटा कोशेढुंगासम्म पुगेको देख्न पाउदा समग्र नेपाली समुदाय हर्षित बन्न पुग्यो । जसले गर्दा हाम्रो दोश्रो पुस्ताप्रति भरोशा र गर्व गर्न हामीमा आत्मविश्वास बढेको छ । यस्तो खालको एउटा अप्रत्यासित उपलब्धिले हामी जस्ता धेरैले हाम्रो सपना पूरा हुँदै गरेको महशूस भएको छ । अप्रत्यासित यो मानेमा हो कि अहिलेसम्म हाम्रो समुदाय काउन्सिलरसम्म बन्ने अवसर प्राप्त नभएको अवस्थामा एकाएक प्रमेजलाई संघीय संसदको सदस्यका लागि निर्वाचनमा उत्रिने अवसर प्राप्त भयो । यसले हामी अष्ट्रेलियामा बस्ने मात्र नभएर संसारमा बस्ने नेपाली र नेपालकै शान बढाएको छ । प्रवासमा बस्ने अरु तमाम युवाहरूका लागि पनि प्रमेजको यो राजनीतिक उपलब्धि एउटा प्रेरणाको बिषय बनेको कुरामा दुई मत छैन ।

प्रमेजको पृष्ठभूमि

नेपालको नवलपरासी जिल्ला स्थित त्रिभुवनटार बजारमा जन्मेका प्रमेज आफू ६ बर्षको हुँदा बुवा मेघराज श्रेष्ठ र आमा प्रभा श्रेष्ठका साथ सन् १९९९ जुलार्ईमा अष्ट्रेलिया झरेका हुन् । अध्ययन भिसा लिई CQU University मा MBA/MIS अध्यन पश्चात Skilled Migrant का हैसियतमा स–परिवार अष्ट्रेलिया बस्ने व्यवस्था मिलेको हो । सानैदेखि अरुको सेवामा रमाउने प्रमेज विद्यार्थी जीवनदेखि नै आफू स्वयंसेवी बन्न चाहन्थे । Penshurst Public School बाट आफ्नो प्राथमिक शिक्षा सुरु गरि St George Christian High School मा आफ्नो माध्यमिक शिक्षा पूरा गरि Oatley Senior High School बाट Bachelor of Management सम्मको अध्ययन पूरा गरेका प्रमेज Aurion Corporation मा  Business Development Manager को रुपमा कार्यरत छन् । CPA अष्ट्रेलियामा Student Ambassador को भूमिकामा समेत काम गरेका प्रमेज बिगतमा युवा जागरण तथा श–शक्तिकरण थुप्रै अभियानहरूमा निरन्तर लागेका छन् । २०१६ मा सम्पन्न मिस्टर ओसेनिया नेपाल बनेका प्रमेज आफूले प्राप्त गरेको पुरस्कार नेपालमा स्कूल निर्माणमा खर्च गर्दै मातृभूमिप्रतिको आफ्नो कर्तब्य निभाउन पाउँदा गर्व लागेको बताउँछन् । प्रमेजको राजनीतिमा प्रवेस गरेको भने धेरै भएको छैन । उनको अष्ट्रेलियन राजनीतिको यात्रा २०१५ मा लिबरल फ्रेन्डस अफ नेपाल युवा संयोजकबाट सुरु भएको हो जसको श्रेय संस्थाका संस्थापक अध्यक्ष श्री नापितलार्ई दिन चाहन्छन् ।

नेपाली टाइम्स संग छोटो कुरा गर्ने क्रममा जोन होवार्ड कालिन अध्यागमन नीतिका कारण आज हामी यति धेरैको संख्यामा बस्ने अवसर मिलेको स्मरण गर्दै आउँदा दिनमा आफ्नो समुदाय र मातृभूमि प्रतिको सेवामा निरन्तर लागि रहने दृढता ब्यक्त गरे।

“राजनीतिमा मानिसहरू दशकौं खर्च गर्दा पनि यो स्थानमा पुग्न मुस्किल छ । प्रमेज छोटो समय मै सत्तारुढ दलको तर्फबाट देशको नीति निर्माण गर्ने उच्च निकाय संसद सदस्यको उम्मेदवार बन्न पाउनु भनेको हामी परिवार मात्र होइन नेपालीको लागि पनि अति नै गर्वको कुरा हो”, प्रमेज कि आमा प्रभा श्रेष्ठले नेपाली टाइम्सलार्ई बताइन् । हामी पहिलो पुस्ताका नेपालीहरू हौं र यहाँको बसोबास, नियम कानुन, रिति रिवाज तथा रहनसहन संग समायोजन गर्दै अगाडि बढ्ने चुनौती संधै नै रह्यो । त्यसका अतिरिक्त हामीलार्ई हाम्रा बाल बच्चाहरूलार्ई यता र उताको जीवन शैली अनि मूल्य मान्यतामा सन्तुलित व्यवस्थापन गर्दै उनीहरूलार्ई अगाडि बढाउन पनि कम्ति चुनौती पूर्ण रहेन । कहिले काहिँ त यस्तो लाग्छ कि कति कुरा हामीले उनीहरूलार्ई सिकायौं तर धेरै कुराहरू हामीले अष्ट्रेलियामा हुर्कदै गरेका नयाँ पुस्ताहरूबाट पनि सिक्ने अवसर पायौं, प्रभा श्रेष्ठले थपिन । उचित मार्गदर्शनको प्रसंगमा कुरा गर्दा आफ्ना बच्चाहरू लाई उनीहरूको उपलब्धि हिजो, आज र भोलि संग तुलना गरौ तर अरु बच्चाहरू संग तुलना गर्न कदापि नहुने श्रेष्ठको ठम्याइ छ ।

 

कस्तो हो बार्टन क्षेत्र ?

अष्ट्रेलिया फेडेरेसन पश्चात बनेका पहिला प्रधानमन्त्री एडमण्ड बार्टनको सम्मानमा राखिएको यो निर्वाचन क्षेत्र सिड्नीको भित्रि दक्षिणी भागमा करिब ४० बर्ग किलोमिटरमा फैलिएको छ । पश्चिममा Campsie का केहि भागदेखि उत्तरमा Marrickville, Sydenham र दक्षिणमा Carlton, Kogarah हुँदै पूर्वको Botany Bay देखि Brighton Le Sand सम्म फैलिएको यो क्षेत्र २०१६ को जनगणना अनुसार कुल जनसंख्या १७२८५० रहेको छ भने करिब १०७००० मतदाता रहेका छन् ।

आप्रवासीको संख्यालार्ई हेर्दा सबै भन्दा धेरै चाइनिज १५.४ प्रतिशत, ग्रीक ६.२ प्रतिशत लेबनिज ५.३ प्रतिशत र नेपाली ३.९ प्रतिशत छन् । त्यसै गरि अंग्रेजी बाहेक घरमा बोलिने भाषाका आधारमा पनि मण्डारिन, ग्रीक क्यान्टोनिज र अरेबिक पछि पाँचौ स्थानमा नेपाली भाषा रहेको छ जुन करिब ३.७ प्रतिशत बार्टन बासिन्दाहरू घरमा नेपाली बोल्दछन् ।

जनमतका हिसावले बार्टन क्षेत्र लेबर पार्टीको सुरक्षित क्षेत्र हो । यो निर्वाचनमा प्रमेज विपक्षी लेबर पार्टी कि सांसद आदिवासी महिला लिण्डा बर्नीसंग प्रतिष्प्रर्धा गर्दैछन् । गत १०१६ को निर्वाचनमा बर्नीले लिबरलका बहालवाला सांसद निकोलस भाभ्र्रासिलार्ई भारि मत (५८.३५ का बिरुद्ध ४१.७५) ले पराजित गरेकी थिईन । भाभ्र्रािस आउनु अगाडि पनि करिब ३० बर्षसम्म लेबरको एकछत्र जितेको क्षेत्र बार्टनमा बिजय हासिल गर्न सजिलो त छैन तर गत निर्वाचनको मतान्तर लार्ई उल्लेखनीय रुपमा घटाउन सके भने पनि त्यसलार्ई हामीले जित मान्नु पर्दछ ।

प्रमेजका अवसर र चुनैती

नेपाली मूलका अष्ट्रेलियन प्रमेजले संसद सदस्यको रुपमा उभिदै गर्दा एकातिर हामी अष्ट्रेलियामा बस्ने नेपालीहरू मात्र होइन समस्त प्रवासी नेपालीहरूको लागि गौरवको बिषय बनेको छ भने अर्कातिर यसले हाम्रो आउँदो पुस्ताका लागि एउटा गौरवमय इतिहास कोरिदिएको छ । प्रमेजको मूलधार राजनीतिक प्रवेसले अष्ट्रेलियामा द्रुत गतिमा बढ्दै गएको नेपाली समाजका यावत समस्याहरू को यौटा बलियो आवाज बन्न सक्छन् उनि । दीर्घकालमा यस्तो खालको राजनीतिक सहभागिताले ग्राउण्ड जिरो जस्तै बनेको नेपाल (अष्ट्रेलिया कूटनैतिक सम्बन्धलार्ई उचाईमा पुर्याउन अरु मद्दत मिल्नेमा नेपाली समुदाय बिस्वस्त छ । त्यसै गरि आगामी दिन हरूमा राजनीतिमा प्रवेश गर्ने आकांक्षा राख्ने समकक्षीहरूका लागि प्रमेज एउटा मार्गदर्शक र पथप्रदर्शक बन्न सक्छन् ।

अष्ट्रेलिया जस्तो मुलुकमा राजनीतिमा होमिनु सजिलो छैन । कहिलेकाहिँ भन्ने गरिन्छ “You are under the radar”. यहाँ सामान्य मानिसले के गर्दछन् खासै कसैले ख्याल गर्दैनन् । तर जब मानिस प्रभावशाली बन्दछ तब सबैको आँखाको तारो बन्न पुगिन्छ एक बोतल वाइन होस् या बोल्दा एक शब्द जिब्रो चिप्लिदा ठूला राजनीतिज्ञहरूको करिअर मिनेटभर मै समाप्त भएको हामीले देखेका छौं ।

कानूनी राज्य, नागरिक समाज र संचार माध्यम निकै प्रभावशाली भएको देश अष्ट्रेलियाको उच्च तहको राजनीतिमा प्रवेश गर्दै गरेका नवयुवा प्रमेज अगाडिका दिनहरू अत्यन्तै होशियारीपूर्वक हिड्नु पर्ने देखिन्छ । राजनीतिमा थकाई हुँदैन भने जस्तै यो निर्वाचनको परिणाम जस्तो भए पनि उनले आफ्नो पार्टी र समुदाय प्रति निरन्तर समर्पित हुँदै गएमा नेपाली समुदायले नयाँ पुस्तबाट एउटा सशक्त राजनीतिज्ञ र समाजसेवी प्राप्त गर्ने दिन अब धेरै पर्खिनु पर्ने छैन ।

अन्त्यमा, आगामी १८ मे मा हुने संघीय संसद निर्वाचनमा नेपाली युवा प्रमेज श्रेष्ठ सत्तारुढ लिबरल पार्टीका तर्फबाट उम्मेदवार बन्ने अवसर पाएको भएपनि सामुदायिक हिसाबले हामी सबैका एक साझा उम्मेदवार हुन् । उनी त्यो पदका लागि एक मात्र नेपाली मूलका उम्मेदवार हुन् र हाम्रो समुदायले पाएको अहिलेसम्मको ठूलो सम्मान पनि हो । प्रमेज यौटा कन्जर्भेटिभ राजनीतिक दर्शनका एक पात्र त हुन् तर हामी नेपालीका साझा प्रतिनिधि पनि हुन्, आवाज हुन्, गौरव हुन्, उनलार्ई सफल बनाउन हाम्रो सामुहिक दायित्व हो । नेपाल र नेपालीको गौरव बनेर देशको एउटा उच्च तहको राजनीतिक मार्गको ढोका खोल्दै गरेका प्रमेजलार्ई सफलताको लागि हाम्रो हार्दिक शुभकामना !