पुष्पन र काली सहित द स्यडोजको सिड्नी कन्सर्टको सम्पूर्ण तयारी पुरा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाली यूवाहरू माझ हेभिमेटलमा अत्यत्न लोकप्रिय द स्यडोज नेपाल ब्याण्ड, म्यूजिक गुरुका नेपालको संगीतिक आकाशमा परिचित कालिप्रसाद रिजाल र अर्का मिठा स्वरका धनि पुष्पन प्रधान सहित सिड्नीमा हुन लागेको लाइभ कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।  कार्यक्रमको लागि सम्पूर्ण कलाकारहरु सिड्नी आइसकेका छन् । कलाकारहरु को बिशेष उपस्थितिमा हालै सिड्नीको परामाटामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्रष्टाहरुले उत्साहित दर्शक र श्रोता बिच कार्यक्रम प्रस्तुत गर्न आफुहरु सबै आतुर रहेको बताएका थिए।
आउँदो १० मे साँझ ७ बजे देखि सिड्नी टाउनहल स्टेसन नजिकैको सार्क होटलमा हुन लागेको उक्त कन्सर्टको लागि टिकटहरु टिकट प्लस ( ticket plus ) बाट बिक्रि भइ रहेका छन् । अझै पनि टिकट लिन छुटाउनु भएकाहरुले आफ्नो टिकट सुरक्षित राख्न पनि आयोजकले अनुरोध गरेको छ।  टिकट दर  प्रि-सेल ३० डलर र डोर-सेल ३५ डलर रहको छ।
 द स्यडोज नेपाल, कालिप्रसाद रिजाल, पुष्पन प्रधान र ब्याण्ड सहितको उक्त हेभीमेटल देखि आधुनिक, पप लोक र शास्त्रीय संगीत सम्मको यो संगममा सबै रुचिका दर्शकहरुले भरपुर मनोरंजन पाउने कुरा आफुहरु बिश्वस्त रहेको आयोजकको तर्फबाट सगर काफ्लेले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए । अतिथि कलाकारहरु बाहेक उक्त कन्सर्टमा स्थानीय कलाकार, ब्याण्ड र डिजेले कन्सर्टलाई पुरै संगीतमय बनाउने पनि पत्रकार भेटघाटमा जानकारी दिइएको थियो ।
फोर नेशन्स इन्टरनेशनलको मुख्य प्रयाजन एबम प्रस्तुति र अन्य ब्यबसायिक संघ संस्थाहरुको सह प्रयोजन एबम सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजक र बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरो संयुक्त सहआयोजक रहेको सो कार्यक्रमको  भेन्यु18 + का हरुका लागि मात्र प्रवेश रहेकाले पनि सम्पूर्ण दर्शक श्रोतालाई अनिबार्य 18 + देखिने परिचय पत्र लिएर उपस्थित हुन पनि आयोजकले अनुरोध गरेको छ।