अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल-२०१९’

काठमाडौं– अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन् । प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।
अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसियाना जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् ।
कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्यौं भने यो संसार/समाज उत्कृष्ट बनाउन सकिन्थ्यो? तपाईंको के राय छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन् । यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन् ।
यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन् । मिस नेपाल अर्थको उपाधि भने रिया बस्नेतले जितिन् ।
पपुलर च्वाइस : रिया बस्नेत
मिस ट्यालेन्ट : प्रदिप्ता अधिकारी
यमाहा मिस फ्यासिनो :अनुष्का श्रेष्ठ
ब्युटी विथ द पर्पोज : नितिका कर्माचार्य
मिस बेस्ट एथलेट्स : प्रदिप्ता अधिकारी
मिस कन्फिडेन्ट : निशा पाठक
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...