नामिबिया विरुद्ध नेपालको जीत

काठमाडौं- विश्व क्रिकेट लिग च्याम्पियसिपमा नामिवियाविरुद्ध शनिवार काठमाडौंको कीर्तिपुरमा खेलिएको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको नामिबियाले नेपालविरुद्ध ९ विकेट क्षतिमा पूरा ओभर खेलेर १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपालले १७ बल बाँकी रहंदै लक्ष्य भेट्टायो । नेपालको लागि शरद भेषावकर र बिनोद भण्डारीले ९० रनको पार्टनरसिप खेल्दै जित निकालेका हुन् । ९९ बल सामना गरेका भेषावकरले ५० र ४९ बल खेलेका भण्डारीले ४० रन बनाए । नेपालको लागि ओपनर ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काले समान २१ रन बनाएका थिए । नरेश बुढाऐरले १६ रन बनाएका थिए । पहिलो इनिङमा नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...