रबि लामिछाने प्रति कतै रोइलो कतै खोइरो 

-- सुजित सिग्देल / प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७, २०७६
“देश हाँक्नेहरु निरही भए भने जनता आफै जाग्नु पर्छ आफ्नो सुरक्षाका खातिर र सामाजिक न्यायको खातिर” कतै पढेको बाक्य हो । त्यो अवस्थामा जनता आफु, परिवार र समुदाय प्रति अझै थप जिम्मेवार र सचेत हुनु पर्दछ ।  त्यस्तो बेला नागरिक समाजले अग्रणी भूमिका खेल्न सक्दछ ।  नेपालको परिप्रेक्षमा बिबिध राजनीति परिबर्तन पछि पनि यो अझै मिल्दो जुल्दो देखिन्छ । यसो भन्दै गर्दा देशको चौथो अंगको रुपमा हेरिने पत्रकार र पत्रकारिताको भूमिका ओझेलमा परेको या खासै नदेखिएको हो कि जस्तो लाग्छ ।  पत्रकारको काम आफ्नो अर्काको प्रबाह नगरी सहि सूचना समय मै दिने र खबरदारी गर्ने हो । तर यो परिभाषामा केहिलाई छोडेर हेर्ने हो भने नेपालका धेरै पत्रकारहरु का हकमा ठ्याक्क मिल्न गार्है देखिन्छ ।
केहि राम्रा पक्कै छन् तिनलाई छोडेर भन्ने हो भने नेपालका अहिलेका पत्रकार कतै पुग्दा  ‘लौ खान आयो, यसलाई यसो चित्त बुझाएर पठाई हाल’ भन्ने कुरा सुनियो भने खासै नौलो नमान्दा हुन्छ।  तिनै राम्रा मध्येका झन् राम्रा, पत्रकारिताको परिभाषा नै बदल्न सक्षम, खोज पत्रकारिता मात्र होइन, धेरैको दुखको सारथी अनि परोपकारिता संग जोडेर एक कसिमबाट भन्दा पत्रकारितामा ग्ल्यामरसको फेल्भर दिन सफल पत्रकार हुन् रबि लामिछाने । रबिको बारेमा खासै धेरै भन्न आबश्यक नै छैन, मात्र नाम नै काफि छ। तिनै रबि मे को अन्तिम हप्ता देखि जुनको पहिलो हप्ता सम्म अष्ट्रेलियामा देखिए।
पर्दामा देख्दा जस्तै हाउ भाउ, फुर्तिला उनकै कार्यक्रमको शिर्षक जस्तै सिधै कुरा गर्ने, बिषय बस्तुमा खरो उत्रने रबि अष्ट्रेलियामा रहेका धेरै नेपालीका लागि पनि परिचित अनुहार नै हुन् ।  बिगतमा अष्ट्रेलियाका लागि तत्कालिन नेपाली राजदुत लक्कि शेर्पालाई पहिलो पटक सार्बजनिक रुपमा उनकै सबारी चालकले मानाब तस्करी जस्तो जघन्य अपराधको आरोप रबि लामिछाने कै कार्यक्रम मार्फतलगाएका थिए ।  एक किसिमबाट भन्नु पर्दा उनको कार्यक्रममा यो बिषय बस्तुले स्थान पाए पछि खैला बैला नै मच्चियो, परराष्ट्र मन्त्रालय देखि सर्बत्र यसले एउटा दबाव नै सृजना गर्यो । अन्तत छानबिन कमिटि बन्दै लक्कि शेर्पाले आफ्नो पदबाट राजिनिमा दीइन । यसै गरि अष्ट्रेलियामा रहेर नर्सिङ्ग बिषयको अध्ययापन गराइरहेको एआइबिटि कलेज बन्द भए संगै जसरि हजारै नेपली बिधार्थीहरु को भविष्य अन्योल पर्यो ।  यो बिषयलाई रबिले स्थान दिए त्यस पछिको बिबिध पक्षबाट भएको दबावले अष्ट्रेलियन सरकारको निकाय देखि नेपाल सरकारको शिक्षा मन्त्रालय सम्म एक किसिमको तरंग ल्यायो जुन धेरै पक्षमा सकारात्मक नै थियो भन्नु पर्दछ।
यीनै दुइ कुराहरु ले रबिलाई अष्ट्रेलियामा भएका धेरै नेपाली सम्म पुरायो, कुनै त्यस्तो समस्या आयो भने रबिलाई भने पछि धेरै हद सम्म परिणाममुखी हुन्छ भन्ने बिश्वास अन्य ठाउँका जस्तै यहाँका धेरै नेपालीमा पनि पर्यो, जुन सत्य र स्वाभाविक पनि हो । जुन उनको अष्ट्रेलियामा भएका बिबिध कार्यक्रमहरु मा पनि प्रष्टै देखियो । त्यसो त अष्ट्रेलिया आएकै दिन रबि स्वयंले आफ्नै फेसबुकबाट हामी कसको निमन्त्रणामा आयौ भन्ने कुरालाई महत्व नदिन र केहि पत्रकार साथिहरु र माहनुभाबहरु लाई आफुलाई भेट्न नदिएको कुरा प्रति आफ्नो ध्यान आकर्षण भएको, यस बिषयमा आयोजक सँग पनि कुरा गर्ने भन्दै निर्धक्क कार्यक्रम स्थलमा आउन सबैलाई निम्ता दिए ।  यसबाट पनि कार्यक्रमका आयोजकको केहि कतै कुनै कमजोरी या स्वार्थ त थिएन भन्ने संशय देखियो । यसो भन्दै गर्दा उनि अष्ट्रेलिया झरेकै भोलि पल्टको सिड्नीमा सम्पन्न  कार्यक्रमको ब्यबस्थापन पक्ष निकै चुस्त र आकर्षण रहेको कुरा यहाँ भन्नै पर्दछ ।  कार्यक्रमको कन्सेप्ट आफैमा राम्रै  देखिन्थ्यो, कार्यक्रमलाई स्वयं रबिले संचालन गर्दै फ्लोरबाट प्रश्न, जिज्ञासा र गुनासाहरु लिएको थियो भने मंच भएका प्यानालबाट उतर र समिक्षा गर्न खोजिएको थीयो।
सिड्नीको उक्त कार्यक्रममा उठेका केहि प्रश्न, तिनलाई रबिले गरेका छोटो  टिप्पणी अनि प्यानलबाट चाहेको उतर यति बेला अष्ट्रेलियामा रहेका मात्र नभइ संसार भर कै नेपालीहरु ले सामाजिक संजालमा हाँसो र बिभिन्न ट्रोल बनाएको प्रष्टै देखिन्छ ।  प्यानालमा बसेकाहरु प्रति उनिहरु ले चढ्ने गाडी, लागएको कपडा र आनी बानि प्रति समेत गरएको भद्दा प्रश्नलाई लिएर भेटघाट र सामाजिक संजालहरुमा बहस नै भएको देखिन्छ। रबिलाई फलो गरेका केहि बर्षमा सायदै सोसियल मिडियामा यति धेरै रबिको खोइरो खनिएको यो नै पहिलो चोटी होला।
अष्ट्रेलिया आफैमा बिश्वको अति बिकशित र बिश्वभर कै मनिसहरु मिलेर बसेको आप्रबासीहरु को देश हो ।  यहाँ कसैलाई उसको लिङ्ग,धर्म, भाषा, रंग र ब्याक-ग्राउण्डका आधारमा भेदभाब होइन, प्रश्न सोध्न या त्यता तर्फ संकेत गर्न समेत पाइदैन । यहाँ साना भन्दा साना कुराको नियमन गर्ने निकाय छ, भाषाको कठिनाइ हो भने ठाउँ ठाउँमा दोभाषे उपलब्ध हुन्छन् । यहाँ कुनै पनि समानलाई ग्रहाक झुक्क्याउने गरि वा अर्को अर्थ लाग्ने गरि बताएर वा देखाएर बेच्न सम्म पाइदैन । यस्तो देशमा बिधार्थी भिषामा आएकाहरु सबै जाने, बुझेको, पढेका र आफ्नो मर्जीले परेको समस्या व्यहोर्ने गरि आएका हुन्छन् । आफु पढ्न सक्षम छु भनि आर्थिक र अन्य कागज पत्रहरु देखाएर अष्ट्रेलियाको बिषय बस्तु, आध्यान गरेको बिषय, कलेज, यहाँको जीबन र पढाइ सके पछाडीको आफ्नो योजाना सहितका प्रश्न सोधिने अन्तरबार्ता समेत पास गरेर यहाँ आएका हुन्छन ।  तिनै बिधार्थीहरु ले रबि लामिछानेलाई सोधेका प्रश्न अनि गरेको रोइलो कति बेला हास्यास्पद देखिन्थ्यो भने कति बेला आफैमा निरही ।  रबि स्वयं लामो समय अमेरिकामा बसेर आएका व्यक्ति हुन् त्यसैले उनि स्वयंले समेत त्यो महसुश गरे हुन् ।  कतै कहिँ आफु कोहिबाट ठगिएका छन् भने यहाँ कम्प्लेन गर्ने निकाय छन्, यहाँ डोमेस्टिक भोईलेन्स वा अरु कुनै हिंसालाई लगभग जिरो टोलेरेन्स नीति नै लिइन्छ ।  पुलिस, प्रसाशन र सम्बन्धित निकाय देखि स्वयंसेवी संस्था सम्मले त्यस्ता कुराहरु लाई एकदमै जिम्मेवार पूर्ण तबरले लिन्छन तत्कालै सहयोग गर्छन । हो केहि व्यक्तिको हकमा सहि जानकारीका कारण केहि अलमल हुन सक्ला तर यस्तो देशमा बसेका/अध्यान गर्दै गरेकाहरु बाट जुन रुपमा समस्याहरु पत्रकार रबि लामिछानेको आगाडी राखियो त्यसलाई एक किसिमको रोइलो नै भन्दा हुन्छ ।
कार्यक्रममा कुनै व्यक्ति बिशेष र संस्था प्रति अवान्छित प्रश्न उठे पछि तत्कालै स्वयं रबि र आयोजकले  कुनै व्यक्ति बिशेष र संस्था प्रतिका गैर जिम्मेवारी पूर्ण कुराहरु लाई रोक्न सक्नु पर्दथ्यो।  तर असान्दर्भिक देखिदा देखिदै पनि प्यानलमा लगियो, प्यानलकै अतिथि व्यक्ति प्रति लक्षित गर्दै हुटिंग सुनियो । बेथिति कंहा छैनन् होलान माथि भने जस्तै त्यसका लागि नियमन गर्ने निकाय छन् यो देशमा । एउटा परोपकारी अभियानमा समेत लागेको पत्रकारले पब्लिकमा औलो उठाएर आँखी भै उचाली उचाली दोषी नै भए पनि उछितो काढने कम्तिमा अष्ट्रेलियामा सुहाउदैन, गर्न मिल्दैन ।  साना तिना विवादलाई पर राख्ने हो भने अष्ट्रेलियाको नेपालि समुदाय निकै संयमित, एक आर्को प्रति पारस्परिक पुरक रहेको, डायस्पोरामा मिलेर बसेको समुदाय मध्येको एक हो भनेर भन्दै गर्दा हामी सबैलाई गर्ब लाग्छ ।
अष्ट्रेलिया आफैमा विश्वकै सुरक्षित र अबसरको देश हो । नेपाल जस्तो अल्पबिकशित देशका बिधार्थीहरु लाई पनि यो देशमा आएर अध्यान गर्ने, पढाइको क्रममा पार्ट टाइम काम गर्ने, पढाइ सके पछि यतै बस्ने अनुमतिका लागि आफुलाई योग्य साबित गर्ने र यतै जागिर या ब्यबसाय गर्ने मौका यहाँ सबैलाई दिइएको छ । त्यहि मौकाको सदुपयोग गर्दा धेरै नेपालीहरु ले यहाँ लोभ लाग्दा प्रगति गरेका छन् । यसैका उदाहरण हुन् बिआरडब्लु मा देखिने नेपाली अनुहार, अनि नीति निर्माण तहमा अष्ट्रेलियन सरकारलाई सघाई रहेका धेरै बैज्ञानिकहरु, प्राबिधिकहरु र ब्यबस्थापकहरु । ति सबैका पहिलो दिन एउटा सुटकेस सहित त्रिभुवन विमानस्थल बाटै सुरु भएको हो र बिबिध उतार-चढाव सिकाइ र भोगाइहरु को घुमाउरो बाटो हुदै यहाँ सम्म आइपुगेको हो ।  त्यसैले विश्व कै राम्रो यो देशमा बसेका हामी नेपाली मुलका आध्यान, अध्यापन, पेशा ब्यबसाय गर्दै एकै परिवारका सदस्य जस्तै रहेर बसेकोहरु प्रति कसैले पनि पानी धमिल्याउने अनि माछा मर्ने प्रायस नगर कै राम्रो।
“आउनुहोस यो बिदेशी भुमिमा हामी सहकार्यको मुलमन्त्रलाई सधै आत्मसाथ गरौ, सधै एक-अर्काको पुरक बन्ने प्रयास गरौ र सधै सकारात्मक सोच सहित सबै प्रति मित्रवत भावले हेरौं “