सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा
सिड्नीः छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको ‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबल कप’ प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधि बीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ १० टिम र महिला तर्फ ४ टिमले सहभागिता जनाउने सीपीएका खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए । उनका अनुसार, पहिलो पटक सिड्नी शहर भन्दा बाहिर युनाइटेड गोर्खा ब्रिसवेनले समेत प्रतियोगितामा सहभागिता जनाउँदैछ । ‘यहाँ सञ्चालन हुने कुनैपनि प्रतियोगितामा सिड्नी भित्रै समुदायिक संघसंस्था र क्लबलहरुले स्पर्धा गर्दै आएका थिए’, उनले भने, ‘यसपटक पनि सिड्नी बाहिरबाट समेत टिम आउने हुनाले प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरेका छौँ ।’
केहि समय अघि गठन भएको नेपाल भलिबल संघ अष्ट्रेलियासँगको सहकार्यमा अन्तराष्ट्रिय रेफ्री तथा अफिसियलहरुले खेल सञ्चालन गर्नेछन् । भलिबलको अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल सञ्चालन हुनाले नेपाली खेलाडी कौशल अभिबृद्धिमा दीर्घकालीन फाइदा पुग्ने आयोजकले अपेक्षा गरेको छ । सीपीएका अध्यक्ष पदम छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि टिमका प्रतिनिधीहरुको रोहबरमा गोलप्रथाबाट खेल तालिका (टाइसीट)को टुगो लगाईएको छ । कार्यक्रममा नेपाल भलिबल संघ अष्ट्रेलियाका अध्यक्ष कृष्ण सुनारले प्रतियोगितालाई सफल बनाउन संघले सक्दो सहयोग गर्दै आएको बताए । ‘सिड्नीमा बाहिरको टिम सहभागिता जनाउनु एकदमै राम्रो सुरुवात हो, यसले भलिबल खेल प्रतिको क्रेजलाई अझ बढावा दिन्छ’, उनले भने, ‘हामी संघलाई समेत संस्थागत र विकसित बनाउँदै अघि बढिरहेका छौँ ।’ प्रतियोगितामा पुरुष स्पर्धा तर्फ विजेताले २५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ सय अष्ट्रेलियन डलर, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, महिला तर्फ विजेताले ७ सय र उपविजेताले ४ सय अष्ट्रेलियन डलरसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेल पस्कने लिफ्टर, स्पाइकर, बलकर, लिब्रो र प्रशिक्षकलाई व्यक्तिगत विधातर्फ पुरस्कृत गरिनेछ । सिड्नी लगायत अन्य शहरमा नेपाली समुदायले आयोजना गर्ने प्रतियोगिता भन्दा पुरस्कार र अन्य व्यवस्थापनका हिसाबले समेत सर्वाधिक धनराशीको प्रतियोगिता भएको आयोजकले जनाएको छ । भलिबलमा पुरुष स्पर्धा धेरै हुने भएपनि महिलाहरुलाई प्रोत्साहन गर्न महिला भलिबल प्रतियोगिता समावेश गरिएको सीपीएका अध्यक्ष छन्त्यालले भनाई छ । १० वटै टिमका प्रतिनिधी, सीपीएका पदाधिकारी र विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि सम्मिलित कार्यक्रमको सञ्चालन सीपीएका महासचिब लोकेन्द्र छन्त्यालले गरेका थिए । प्रतियोगिता अर्वन बास्केटबल सेन्टर लिडकममा हुनेछ ।
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...