अर्को बस दुर्घटना, २९ जना घाइते

-- ?>

काठमाडौं— नयाँ वर्ष २०७३ प्रारम्भ भएयता नेपालमा सवारीसाधन दुर्घटना हुने क्रम बढेको छ । केही दिनअघि खोटाङमा भएको हृदयविदारक बस दुर्घटनाको केही दिनपछि नै आज आईतबार पूर्वी पहाडमा अर्को एउटा बस दुर्घटना भएको छ ।
भोजपुरको सदरमुकामबाट धरानतर्फ आउँदै गरेको ना४ख ४५७८ नम्बरको सप्तकोशी यातायातको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्य नौ जनाको अवस्था गम्भीर भएको भोजपुर प्रहरीले जनाएको छ । बस भोजपुर सदरमुकामदेखि ६० किलोमिटर पूर्वमा जरायोटार गाविस–६ को भर्लाबोटेमा दुर्घटनामा भएको हो । बसमा करिब ६० जना यात्रु भएको बताइन्छ । प्रहरीका अनुसार घुम्तिमा उक्त बस पल्टेको हो । गम्भिर घाइते हुनेहरुमा प्याउलीका बाबुराम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रत्ना गुरुङ, सृष्टि गुरुङ, फडिन्द्र गुरुङलाई थप उपचारका लागि धरानतर्फ लगिएको छ ।