अर्को बस दुर्घटना, २९ जना घाइते
काठमाडौं— नयाँ वर्ष २०७३ प्रारम्भ भएयता नेपालमा सवारीसाधन दुर्घटना हुने क्रम बढेको छ । केही दिनअघि खोटाङमा भएको हृदयविदारक बस दुर्घटनाको केही दिनपछि नै आज आईतबार पूर्वी पहाडमा अर्को एउटा बस दुर्घटना भएको छ ।
भोजपुरको सदरमुकामबाट धरानतर्फ आउँदै गरेको ना४ख ४५७८ नम्बरको सप्तकोशी यातायातको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्य नौ जनाको अवस्था गम्भीर भएको भोजपुर प्रहरीले जनाएको छ । बस भोजपुर सदरमुकामदेखि ६० किलोमिटर पूर्वमा जरायोटार गाविस–६ को भर्लाबोटेमा दुर्घटनामा भएको हो । बसमा करिब ६० जना यात्रु भएको बताइन्छ । प्रहरीका अनुसार घुम्तिमा उक्त बस पल्टेको हो । गम्भिर घाइते हुनेहरुमा प्याउलीका बाबुराम श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ, रत्ना गुरुङ, सृष्टि गुरुङ, फडिन्द्र गुरुङलाई थप उपचारका लागि धरानतर्फ लगिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...