लयमा फर्किँदै नेपाल, नेपालको कसिलो बलिङ
काठमाडौं— विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज सोमबार नेपालले नामिबियासंग दोस्रो खेल खेलिरहेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा हजारौं दर्शकमाझ नेपालले होम ग्राउन्डमा यो महत्वपूर्ण खेल खेलिरहेको हो । आजको खेलमा नेपालले टस जितेर नामिबियालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ । यो समाचार तयार पारुञ्जेलसम्म २७ ओभरको खेल सम्पन्न भैसकेको छ । ताजा अवस्थामा नामिबियाले १ सय १५ रन बनाउँदा पाँच विकेट गुमाएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिएका हुन् । लामिछानेले ५१ रन बनाएर खेलिरहेका नामिबियाका स्टेफन बार्डलाई आउट गरेका हुन् । पिक्की फ्रान्स ४ रन बनाएर रन आउट भए । पछिल्लो ओभरमा नेपालका वसन्त रेग्मीले दुई विकेट लिन सफल भएका छ्न ।
आठ देश सम्मिलित यो प्रतियोगितामा शीर्ष चारमा आफ्नो स्थान सुरक्षित नगरे आउँदो विश्वकपमा नेपालले स्थान बनाउन सक्ने छैन जसले नेपालको स्थान डिभिजन टुमा झर्नेछ । नामिबियाविरुद्ध शनिबारको म्याचपछि नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसीपमा पुनरागमन गर्ने बलियो सम्भावना पेस गरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...