नेपालको शानदार जित, नामिबिया तीन विकेटले पराजित

काठमाडौं— कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतले नेपालले नामिबियालाई ३ विकेटले हराउन सफल भएको छ । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलनमा नेपालले एक बल बाँकि छँदै विजयी रन बनाउन सफल भएका हो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव ५ ओभरमै लक्ष्य पछ्याउन सफल भएको हो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक १ सय ३ रन बनाए । खड्का आउट भएपछि नेपालको खेल केहि धरमराएको थियो तर नेपाली खेलाडीहरुले अन्तिम ओभरसम्म संघर्षपूर्ण खेल जारी राख्दै खेल हेर्न भेला भएका करिव १५ हजार दर्शकसहित सम्पूर्ण नेपाली खुशी दिलाए । यसअघि गत शनिबार सम्पन्न खेलमा पनि नेपालले नामिबियालाई पाँच विकेटले हराएको थियो ।
२४० रनको ठूलो लक्ष्य पछ्याउन मैदानमा आएको नेपालले २४ रनमा नरेश र ३७ रनमा ज्ञानेन्द्रलाई गुमाएको थियो । तर त्यसपछि क्रिजमा आएका शरद भेषावकर र कप्तान पारस खड्का अभूतपूर्व साझेदरी गरेपछि नेपाल जित तर्फ अग्रसर भएको थियो ।
पारसले १०५ बलमा १०३ रन बनाएका थिए भने शरदले १६५ बलमा अविजित ७४ रन बनाएका थिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले पनि महत्वपूर्ण २२ रन बनाएका थिए ।
नामिबियाका लागि बर्जरले ३, गोरेनवाल्डले २ र स्मिथ र सनिमनले १–१ विकेट लिएका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...