नेपालको शानदार जित, नामिबिया तीन विकेटले पराजित

काठमाडौं— कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतले नेपालले नामिबियालाई ३ विकेटले हराउन सफल भएको छ । सोमबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलनमा नेपालले एक बल बाँकि छँदै विजयी रन बनाउन सफल भएका हो । नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव ५ ओभरमै लक्ष्य पछ्याउन सफल भएको हो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक १ सय ३ रन बनाए । खड्का आउट भएपछि नेपालको खेल केहि धरमराएको थियो तर नेपाली खेलाडीहरुले अन्तिम ओभरसम्म संघर्षपूर्ण खेल जारी राख्दै खेल हेर्न भेला भएका करिव १५ हजार दर्शकसहित सम्पूर्ण नेपाली खुशी दिलाए । यसअघि गत शनिबार सम्पन्न खेलमा पनि नेपालले नामिबियालाई पाँच विकेटले हराएको थियो ।
२४० रनको ठूलो लक्ष्य पछ्याउन मैदानमा आएको नेपालले २४ रनमा नरेश र ३७ रनमा ज्ञानेन्द्रलाई गुमाएको थियो । तर त्यसपछि क्रिजमा आएका शरद भेषावकर र कप्तान पारस खड्का अभूतपूर्व साझेदरी गरेपछि नेपाल जित तर्फ अग्रसर भएको थियो ।
पारसले १०५ बलमा १०३ रन बनाएका थिए भने शरदले १६५ बलमा अविजित ७४ रन बनाएका थिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले पनि महत्वपूर्ण २२ रन बनाएका थिए ।
नामिबियाका लागि बर्जरले ३, गोरेनवाल्डले २ र स्मिथ र सनिमनले १–१ विकेट लिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...