अष्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहालसहित चार राजदूत अनुमोदित

काठमाडौं- संसदीय सुनुवाई समितिले सरकारले सिफारिस गरेका चारैजना प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसदीय सुनुवाई समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित राजदुत डा.वंशीधर मिश्र, कतारका लागि नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको हो ।
अनुमोदन हुनुअघि उनीहरुले आफ्नो कार्ययोजना सुनाएका थिए । सांसदहरुले गरेका प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि समितिले अनुमोदन गरेको थियो । योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदुतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
बिहान र दिउँसो गरी २ पटक बसेको बैठकमा प्रस्तावित राजदूत र समितिका सदस्यहरुबीच विस्तृत रुपमा छलफल र सवालजवाफ भएको थियो ।
उनीहरुले नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संसदीय समितिले अनुमोदन गरेका चारवटै देशका प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सरकारले जेष्ठ २३ गते राजदूतका लागि प्रस्ताव गरेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...