एनआरएनए अष्ट्रेलियामा नयाँ नेतृत्व हिजोसम्मको नेतृत्व लिने होड सकारात्मक र रचनात्मक बनोस्

-- सुजित सिग्देल, आवरण जुलाइ २०१९ / प्रकाशित मिति : आइतवार, साउन ५, २०७६

जन्मभूमि छोड्दै गर्दाको धुमिल सम्झना हामी धेरैको मानस पटलमा अझै ताजै छ, हामी मध्ये धेरैले दुई–चार जोर कपडा सुटकेसमा हालेर अनि मनभरि आफ्नाजनको माया बोकेर उन्नत भविष्यको कल्पना सहित जहाज चढेका थियौ । असीको दशकमा सर्बसाधारणले विदेश जाने भन्नासाथ पल्टनमा भर्ना हुने भन्ने थियो, त्यो बेला नेपालीहरूको परिचय वीर गोर्खालीको रुपमा थियो । त्यस पछाडि हामीले जोरेको परिचय हो मेहनती, इमान्दार र कर्तब्यनिष्ठ । यिनै परिचयले आज सम्पूर्ण गैह्र अबासीय नेपलीहरूले गर्व गर्न सक्ने उपेन्द्र महतो, शेष घले, दिपक खड्का, जिबा लामिछाने र भवन भट्टहरू पाएका छौं । भने कति गुमनाम यस्ता पात्र होलान जो नेपाली सबैका लागि आदर्श बनेर शिक्षा, व्यापार, खोज, प्रबिधि लगायतका क्षेत्रमा स्थापित छन्, स्थापित हुने प्रयासरत छन् अथवा भनुँ कति आफ्नो कर्तब्य निभाउँदा निभाउँदै सामाजिक संजाल र मिडियाको अझै ओझेलमा होलान् ।

आफ्नो र आफ्ना परिवारका आधारभूत आवश्यकताहरू सहजका साथ पूर्ति हुने अनि आफुसंग समुदायको लागि दिने केहि समय भएकाहरू निःसन्देह समाज सेवाको लागि आउनु पर्छ, यसरि आउने समुदाय अझ स्वतःस्फूर्त रुपमा आइदियोस त्यो भन्दा राम्रो अरु के होला । करिब दुई महिनाको चुनाबी माहोल पछाडि जुलाईको पहिलो हप्ता अष्ट्रेलियामा सम्पन्न एनआरएनएको निर्बाचनले एउटा त्यस्तै उत्साहित माहोल देखायो । आफ्नो र परिवारको समयबाट निस्केको समय समुदायको लागि खर्च गर्छु भनेर आउने सबै ती उत्साहित प्रियजनहरू धन्यवादको पात्र छन् । पक्कै पनि अलिकति उमेरको नेटो चढ्दै गर्दा मानबीय स्वभाब नै हो हामी समाजमा चलायमान हुन् खोज्छौ । सामजिक रुपमा पनि आफ्नो परिचय बनाउन खोज्छौ, त्यसको पछाडि स्वार्थ भन्दा सामाजिक दायित्व, आफू भित्र लुकेको परोपकारि भावना र नागरिक हुनुको दायित्व हो भनेर हामीले बुझ्नु पर्दछ । यहि सेरोफेरोमा निक्कै रस्सा कस्सि र कौतहलता पछाडि व्यापक सहभागिताको निर्बाचन प्रणालीबाट परिक्षित भएर एनआरएनए अष्ट्रेलियाले केशब राज कडेलको नेतृत्वमा आउँदो दुई बर्षे कार्यकालको लागि एकदम सक्षम टिम पाएको छ । निर्बाचन आँफैमा प्रजातान्त्रिक पद्दतिको अनुपम प्रयोग हो एक जना बिजेता बन्दै गर्दा यसमा अर्कोले हार्दैन बरु उप–विजेता बन्छ । अर्को तिर यति ठुलो संख्यामा नेतृत्व छान्ने प्रकृयामा सहभागिता जनाउने उत्साहित प्रबासी नेपालीहरू लाई हेर्दा पक्कै पनि हामी सबैले एक सक्षम र सबैलाई अभिभाबकत्व दिन सक्ने संस्था खोजेका छौं भन्ने सन्देश दिएको छ । निर्वाचनको मिश्रित परिणामले हामी सबैलाई मिलेर जाउ सबैलाई समेट भन्ने संदेश दिएको छ ।

मत बाँडियोस, मन नबाँडियोस

साझा एनआरएनए सबल एनआरएनए र एनआरएनएमा रुपान्तरणको एजेन्डा सहित निर्वाचनमा आएका केशब कडँेलले यस पटक धेरैको मन जिते । धेरै मतदाताहरूले अबको दुई वर्ष डायस्पोराका नेपालीको सबै भन्दा ठूलो संस्थाको नेतृत्व लिनका लागि कडेँल नेतृत्वको टिमलाई जिम्मा दिएको छ । यो जिम्मा केशब एक्लैलाई निकै चुनौतीपूर्ण पक्कै छ, तर समुहगत रुपमा अगाडि बढ्दा असम्भब भने छैन । अर्को तिर एनआरएन अष्ट्रेलियाको अभियानलाई ग्रास रुटबाट बुझेको, दुई पटकसम्म भिक्टोरिया स्टेटको संयोजकको भूमिकामा आफुलाई अब्बल प्रमाणित गरेको व्यक्तिले पाएको यो जिम्मेवारी निकै शोभनीय छ ।

निर्बाचन भर्खरै सम्पन्न भयो, नेतृत्व छनोटको चुनाबी माहोल, यसैमा रमेका सोसियल मिडिया कतै देखिएको अस्वस्थ प्रतिस्पर्धा यसैबीच सकिएको निर्बाचन अनि निर्बाचनले दिएको परिणाम । यी सबै कुराहरूलाई हामीले बन्द घर भित्रको क्षण सम्झेर बिर्सन सक्नु पर्दछ, प्रकृयाको एक चरण मात्रै सम्झन सक्नु पर्दछ । खुल्ला हृदयले आफ्नो र परिवारको समय समुदायलाई दिन अगाडि आउँदै गरेका सबै हाम्रा हुन् सबै राम्रा हुन् । त्यसैले घर भित्रको हाम्रो यो क्षणिक जस्तो देखिने प्रतिस्पर्धामा कोहि निरुत्साहित बन्नु जरुरि छैन त्यो वातावरण नेतृत्वमा पुगेकाले दिन सक्नु पर्दछ । अनि मात्र हाम्रो मत बाडिए पनि मन बडिदैन, बाडिएको मत पनि बिस्तारै मनले जोड्छ । आखिर सबै प्रतिस्पर्धीको एउटै उद्देश्य हो समुदायको लागि केहि गर्ने, यसको लागि पदमा म न पुगेर उ पुग्ला, वा उ न पुगेर म पुगुला त्यसले खासै ठुलो महत्व राख्दैन । अर्को तिर यो सुरुवाती हो, हामी साच्चै नै परिपक्क बनेर समुदायको लागि केहि दिन आएका हौ भने यो जित हार भन्दा पनि समुदाय संगको यात्रा निक्कै टाढा छ । अझ यो यात्रा त्यति बेला मात्र फलदायी बन्न सक्छ जब हामीमा पहिला अरुलाई सम्मान गर्ने, अरुको कुरा सुन्ने बानि बसाल्छौं । जब आफ्ना कुनै पनि व्यक्तिगत स्वार्थ र समस्याहरू लाई सामाजिक संघ संस्थाका कुनै पनि अभियान जोड्दैनौ । त्यो भन्दा पनि आफ्नो घर, परिवार, अध्ययन, अध्यापन र जागिर बिगारेर सामाजिक काम गर्न भनेर लाग्दैनौ । किनकि सबै भन्दा ठुलो कुरा आफ्नो परिवार हो, प्रत्येक परिवार बन्दै जादा समुदाय आफै बन्छ ।

प्रबासी बसाइमा अनेक समस्या छन्, समस्याका प्रकृति फरक छन् समाधानका बाटा फरक होलान हामी त्यति टाढा जानु जरुरि छैन यति बेला प्रबासको बसाइमा भर्खरै आएकाले खोजेको अभिभाबकत्व हो, आत्मियता हो । त्यसैगरि केहि समय यतै बसेकाले खोजेको भनेको नेपाल संगको सामिप्यता हो, दोश्रो पुस्ताका बाबु नानीहरूलाई नेपालसंगको निकटताको र निरन्तरता हो । अर्को तर्फ प्रबासमा सिकेको सीप, ज्ञान र आर्जन गरेको अर्थलाई कुनै न कुनै रुपमा मातृभूमि सम्म पुराउने एउटा सेतु निर्माणमा एनआरएनए एक खाले मध्यस्थता बनि दिन सक्छ । फेरि पनि यी सबै गर्नका लागि मत होइन मन चाहिन्छ । निश्चय नै संस्था कसले हाक्ने भन्ने कुरामा कहिँ समयको लागि मतको प्रयोग भयो अब भने मनको प्रयोग गरौ । हामीबीचको आपसी आत्मियता र भाइचाराले मात्र त्यो सकारात्मक उर्जा दिन्छ जुन हामी समुदायको हितमा लगाउन सक्छौ ।

अन्त्यमा यहाँको नेपली समाज हाम्रो घर हो, आफ्नो र पारिबारिक समय समाज सेवामा र संस्थागत हितमा लगाउछु भनेर आउने सबै धन्यबादका पात्र छन् । विदेश बसाईका सुरुवाती दिनहरू संघर्षका कथा र व्यथाहरूबाट एकै छिन् सुस्केरा हालेर सामजिक पद धारण गर्न इच्छुकहरू सबैका हाम्रा हुन् सबैका राम्रा हुन्, भलै कुनै एउटा पदको लागि एक भन्दा बढी आकांक्षी भए पश्चात छनोट प्रक्रियामा जानु स्वाभाविक हो । स्वस्थ र सकारात्मक सोचाई लिएर अगाडि बढ्दै गर्दा भोलिका दिनहरूमा कसैसँग पनि हातेमालो गर्न हामीलाई कठिनाइ हुने छैन । होइन भने अबको दुई बर्ष त्यही कुण्ठा पालेर बस्यो अनि फेरि अर्को माहाधिबेशन, आउंछ अर्को चुनाब आउछ अनि फेरि कसलाई पछार्ने भन्ने मात्र सोच्ने हो भने काम कहिले गर्ने ?

त्यसैले हामी बीचको सदभाब सामाजिक भावना कहिल्यै न भत्कोस न बिग्रियोस । देश छोडेको हामि पहिलो पुस्ताको चुनौती भनेको त हाम्रो कला संस्कृति रहन–सहन र पहिचान दोश्रो पुस्तामा जोगाउनु पो हो त । आउने पुस्तालाई ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर चिनाउन सबैले एनआरएनएको यो चौतरी उपयोग गरौ । बिदेशी भूमिमा सहकार्यको मूलमन्त्रलाई हामी संधै आत्मसाथ गराैं, सकारात्मक सोचको विकास गरौ । हामीबीचको भावनात्मक एकता कहिल्यै छिन्न भिन्न नबनोस् । एनआरएनए अष्ट्रेलियाले पाएको यो चुस्त नेतृत्वले धेरै भन्दा धेरै परिणाममुखी र रचनात्मक काम गर्न सकोस, एनआरएनए अष्ट्रेलियाको आउदै गरेको अधिबेशन सफल रहोस् ।

केशब कडेँल, निर्वाचित अध्यक्ष २०१९–२०२१

निर्वाचन नेतृत्व छनोटको एउटा प्रजातान्त्रिक पद्दति मात्र हो । जुलाई ६ को साँझ निर्वाचनको नतिजा संग संगै हामी अब अर्को पाटोमा छौं । त्यो पाटो भनेको सबैसंग सहकार्य सबैको आबाजको प्रतिनिधित्व सहित साझा र सबल एनआरएनए अष्ट्रेलियाको परिकल्पना हो । एनआरएनए अष्ट्रेलियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुँदै गर्दा यसका उप–विजेता, अन्य पदमा समेत उप–विजेता र निर्वाचन प्रकृयामा सहभागी सबैलाई म धन्यवाद दिदै सबै अट्ने, सबै अटाउने एनआरएनए अष्ट्रेलिया बनाउने मेरो अठोट र काम गर्न चाहने सबै साथीहरू लाई कुनै न कुनै भूमिकामा हामी संगै बसेर काम गर्ने वातावरण बनाउने प्रतिबद्दता पनि पुनः दोहोराउन चाहन्छु ।

दुई वर्ष आफैमा लामो समय होइन, तर हामी सबैको प्रतिबद्दताले गर्न सकिने धेरै कामहरू छन् । एनआरएनए अष्ट्रेलियालाई रुपान्तरण गर्नु पर्ने र यसमा सबैको अपनत्वको महसुस गराउनु पर्ने सबै भन्दा पहिलो आबश्यकता हो । अधिकारिक रुपमा अगष्ट १० को अधिबेशन पछाडि मात्रै मेरो कार्यभार सुरु हुन्छ त्यसो भन्दै गर्दा मेरो वर्तमान रोल अनुसार पनि म आजैबाट सक्रिय त छँदै छु र अगस्ट १० को अधिबेसनबाट म अधिकारिक रुपमा आफ्नो योजना कार्यन्वयनको लागि अगाडि ल्याउनेछु । अधिबेशनको दिनमा नै हामीले एनआरनएनए अष्ट्रेलियाको पोलिसी इन्स्टिच्युटको अबधारण सहितको खाका प्रस्तुत गर्नेछौ । उक्त पोलिसी इन्स्टिच्युटले अष्ट्रेलियन सरकारसंग अष्ट्रेलियामा रहेका नेपालीहरूका आबाज र आबश्यकताको लागि र नेपाल सरकारसंग अष्ट्रेलियामा रहेका नेपालीहरूको आबाज पुराउने काम गर्नेछु । एनआरनएनए अष्ट्रेलिया पोलिसी इन्स्टिच्युट यहाँ एसिकमा छुट्टै संरचना ( इण्टिटि ) को रुपमा दर्ता गर्ने हाम्रो प्रस्ताब हुनेछ । यसै गरि यो इन्स्टिच्युटमा रहने पदाधिकारीका लागि पनि हामीले ४ वर्षको पदावदीको प्रस्ताब गर्छौ । जसले गर्दा एउटा टिमलाई आफ्नो काम गर्न सक्न र रिजल्ट दिने अवसर प्राप्त होस् ।

यसरी नै एनआरनएनए अष्ट्रेलिया फाउन्डेसनको अबधारणा सहितको प्रस्ताब पनि समानान्तर रुपमा गठन गर्ने यसलाई पनि एसिकमा छुट्टै इण्टिटिको रुपमा दर्ता गर्ने र यसको पनि चार वर्षको कार्याबधि राख्ने हाम्रो योजना छ । यसरि भिन्न भिन्न कुरामा लबिङ्ग गर्ने र एड्भोकेसी गर्ने कार्य पोलिसी इन्स्टिटिच्युट मार्फत हुन्छ भने सामाजिक, वेलफेर र परोपकारी (च्यारेटी) कार्य फाउन्डेसन मार्फत हुन्छ । जसले गर्दा एक्जिक्युटिभ टिमले संस्था संचालनका दैनिक काम कारबाहीमा केन्द्रित हुन पाउँछ । जस्ले गर्दा एकातिर संस्थाका काम कारबाहीहरू चुस्त दुरुस्त र समय मै हुनेछन् । अर्कोतिर समुदायमा रहेका धेरै महानुभाबहरू हुनुहुन्छ जसको भिन्न भिन्न बिषयमा एक्स्पर्टिज छन् उहाँहरूलाई पनि इन्स्टिचियुट र फाउन्डेसन मार्फत भिन्न भिन्न जिम्बेवारी दिन सकिन्छ जस्ले संस्थालाई रुपान्तरण र सबैको अपनत्व महसुस गराउन सकिन्छ ।

अपनत्व कै कुरा गर्दा हामीले संस्थालाई बिभिन्न उमेर समुह, पेशा र बर्गका एनआरएनहरूसंग निकटता गराई रहनुछ । खेलप्रेमी धेरै युवा भाइबैनीहरू हुनुहुन्छ उँहाहरू लाई अनुशासित र स्वस्थ जीवनको लागि खेलमा लागि रहन हामीले प्रेरणा पनि दिनुछ यसको अलावा धेरै खेलहरूमा सक्षम भाइबैनीहरू लाई सहि मार्गदर्शन गरेर उहाँहरूलाई उँहाहरू ले ईच्छा गरेको खेलमा प्रोफेसनल खेल खेल्ने वातावरण पनि दोश्रो पुस्ताका बाबुनानीहरू लाई हामीले दिन सक्नु पर्दछ । त्यसको लागि प्रत्येक सदस्यको सदस्य शुल्कबाट छुट्टै फन्ड खोलेर ४१ खेलकुद फन्डमा जाने किसिमको व्यवस्था गर्नेछौ । यसरि नै अष्ट्रेलियाका बिभिन्न स्टेटहरूमा जसरि नेपाली कम्युनिटी भवनको अबधारणा आइ रहेको छ यसलाई सपोर्ट होस् मोटिभेसन होस् भन्ने हेतु पनि प्रत्येक सदस्य शुल्कबाट उठेको रकम बाट ४१ कम्युनिटि फन्डमा जाने किसिमले अर्को छुट्टै फन्डको शुरुवात पनि गर्नेछौं ।

यसरि नै अर्को चरणमा अष्ट्रेलियामा रहेका सबै सामाजिक संघ संस्थासम्म हामी पुग्ने छौ, एनआरएनए अष्ट्रेलिया भोलिका दिनमा कसरि चल्ने ? कस्ता कस्ता कुराहरूलाई आफ्ना प्राथमिकतामा राख्ने सबै अटाउने सबै रमाउने सबैको एनआरएनए अष्ट्रेलिया बनाउन के गर्नु पर्ला हामी आफै लगभग सबै संस्थाहरूसंग एक एक वा सामुहिक छलफल गर्ने छौ । तपाई संगको छलफलमा हामीले यी बुदाहरू सुझाब का रुपमा लियौ भनि फेरि दोश्रो चरण मा आबश्यक परे पुन छलफल गर्छौ । यसरि एनआरएनए अष्ट्रेलियाको कार्य क्षेत्र सोहि अनुसार निर्धारण गर्नेछौ । यसरि नै अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा यतै जन्मे हुर्केका दोश्रो पुस्तालाई कसरि नेपालसंग सामिप्यता गराई रहने कसरि उनीहरूले आफ्ना आमाबाबुको देशसंगका विविध संस्कृतिक धरोहरहरूलाई आफ्नै जस्ता ठानुन भन्ने कुरालाई एउटा टास्क फोर्स नै बनाएर हामीले अगाडि बढाउने छौं । जसले गर्दा नेपालमा स्वयंसेवाका अवसरहरूको बारेमा सम्भावित क्षेत्रहरू को अध्ययन गरि उनीहरूको ईच्छा रहेको क्षेत्रमा उनीहरू हासी खुसी रमाउने सक्ने किसिमबाट स्वयंसेवा गर्ने अवसरको सिर्जना गर्नेछौ । कम्तिमा १÷२ समुह यसरी नेपाल पुगेर आएको खण्डमा उनीहरू कै अनुभबका आधारमा अरु धेरैलाई यस प्रति आकर्षित गर्न अवस्य सजिलो हुनेछ ।

गर्नु पर्ने धेरै कुराहरू छन् जुन मलाई प्राप्त छोटो २÷३ प्याराग्राफको स्थानमा अटाउन निक्कै गार्हो छ, तै पनि छोटकरीमा केहि कुराहरू सम्झदै गर्दा हिजो निर्वाचनताका उठेको एनसीसीको आफिसलाई हामीले भर्चुअल रुपमा संचालनमा ल्याउने कुरालाई हामीले एकदमै छिटै कार्यन्वयनमा ल्याउने छौ र यसो भन्दै गर्दा यदि कुनै एससीसीले आफ्नो स्टेटमा आफ्नो स्थानीय साधन र श्रोतबाट भौतिक अफिस नै संचालनमा ल्याउन सक्ने प्रस्ताब ल्याउनु भयो भने पनि हामी उँहाहरूलाई त्यसको लागि इन्करेज गर्नेछौ । यसै गरि छोटकरीमा अर्को कुरा भन्नु पर्दा अबदेखि एनआरएनए अष्ट्रेलियाका कुनैपनि हिसाब किताब अब मेनुवल्ली हुने छैन । हामीले बिज्ञको सल्लाहा लिएर यसलाई उपयुक्त हुने सफ्टवेर लिनेछौ र सोहिबाट हिसाब किताब अध्यबिक राख्ने रिपोर्ट जेनेरेट गर्ने र हामीले प्रतिबद्दता गरे अनुसार सबै रजिस्टर्ड सदस्यहरूलाई पठाउने छाँै ।

अन्त्यमा जुलाई ६ को निर्वाचनमा सक्रिय सहभागिता जनाउनु भएका सबै मतदाताहरूलाई मेरो पहिलो धन्यबाद । यसै गरि निर्वाचन सम्पन्न गर्न आफ्नो अमुल्य समय खर्च गर्नु भएका निर्वाचन समितिका नेसनल र सबै स्टेटका निर्वाचन समिति सदस्य, प्राविधक रुपमा ठूलो सहयोग गर्नु भएका आइटी टिमका साथीहरू, स्वयंसेवकहरू सबैमा हृदयदेखि धन्यवाद दिंदै तपाईहरू को यो अमुल्य सहयोगको म उच्च कदर गर्न चाहन्छु ।

एनआरएनए अष्ट्रेलिया २०१९–२०२१ का लागि निर्वाचित कार्यसमिति

केशव कडेँल, अध्यक्ष, डा. ज्ञानेन्द्र रेग्मी, महासचिव, उषाकिरण बरिया, सचिव

अनिल पोखरेल, कोषाध्यक्ष, ई. लक्ष्मण गोपाली, सह–कोषाध्यक्ष, इर्शाद अहमद, युवा संयोजक,

सन्ध्या शाह, महिला संयोजक, देवबहादुर गुरुङ, राज्य संयोजक, एनएसडब्लु

प्रेम कंडेल, राज्य संयोजक, भिक्टोरिया उमेश खड्का, राज्य संयोजक, क्वीन्सल्याण्ड,

चुडामणि सापकोटा, राज्य संयोजक एसिटी, सन्देश परियार, राज्य संयोजक, तास्मानिया

हेम पुन, राज्य संयोजक, नर्दन टेरिटोरी नविन पन्त, राज्य संयोजक, साउथ अष्ट्रेलिया,

कृष्णमान श्रेष्ठ, राज्य संयोजक, वेस्टन अष्ट्रेलिया,

आइसीसी सदस्यहरुः

नारायण काफ्ले, अरुणकुमार ठाकुर,सन्तोष कुंवर, दिपक शर्मा, अशोक के.सी., छवि सापकोटा, राजु अधिकारी