काठमाडौं– बलिङमा पुनः कमजोरी देखिए पनि ज्ञानेन्द्र मल्ल लयमा फर्किएपछि नेपालले जित्नैपर्ने खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । चोटका कारण पारस खड्का मैदानबाहिर रहेको अवस्थामा कप्तानी पारी खेल्दै ज्ञानेन्द्रले २१ रनमै ५१ रन बनाए ।
लामोसमयदेखि राष्ट्रिय टोलीमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका ज्ञानेन्द्रलाई अर्धशतकसहितको जितले ठूलो राहत दिलाएको छ । मंगलबार कतारसँग स्तब्ध भएको नेपालका लागि बाँकी खेलमा जितका विकल्प थिएन ।
ब्याटिङकै कारण कतारसँग ४ विकेटले पराजित भएपछि बुधबारको खेलमा ललितनारायण राजवंशीको ठाउँमा रोहितकुमार पौडेललाई स्थान दिइएको थियो ।
वर्षाका कारण ९ ओभरमा सिमित खेलमा मलेसियाले ७ विकेटको क्षतिमा नेपाललाई ८४ रनको सम्मानजनक लक्ष्य दिएको थियो । तर, नेपालले ८ ओभरमै जित हासिल गर्यो ।
नेपालका लागि पारसको स्थानमा ओपनिङ गर्न आएका प्रदीप ऐरीले फेरि पनि आफूलाई सावित गर्न सकेनन् । उनले १४ बलमा १२ रनमात्र बनाए ।
दीपेन्द्रसिंह ऐरी पनि २ रनमै आउट भएपछि विनोद भण्डारी र शरद भेषवकर क्रमशः १३ र २ रनमा अविजित रहे । मलेसियाका लागि मुहमद स्याहादत एक्लैले ३ विकेट लिए ।
नेपालका लागि भने सोमपाल कामी ३ विकेट लिए । उनले पहिलो ओभरमै दुई ओपनरलाई शुन्य रनमै पभेलियन फर्काएपछि नेपाललाई सहज भएको थियो ।
१५ बलमा ३० रन बनाएर विष्फोटक ब्याटिङ गरिरहेका मलेसियाका सइद अजीजलाई स्टार क्रिकेटर सन्दीप लामिछानेले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । १७ बलमा २१ रन बनाइसकेका विरनदीप सिंहलाई अनुभवी बसन्त रेग्मीले सन्दीपकै हातबाट क्याच गराएका थिए ।
नेपालले अब सिंगापुर र कुवेतसँग खेल्नुपर्नेछ ।
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...
Meet the absolute most eligible single black men Single black guys will always...