सफल फिस्ट २०१९ को प्रतिष्पर्धामा नेपाली गायन र नृत्य उत्कृष्ट 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन २१, २०७६
यस बर्षको  South Asian Film, Arts & Literature Festival (SAFAL Fest 2019 ) अन्तर्गत गायन र नृत्य प्रतिष्पर्धामा गायन तर्फ आठ भिन्न देशबाट सहभागी गायकहरु लाई पछि पर्दै नेपाली युवा गायक बिधान पाण्डेले प्रथम र रमण रेग्मी दोश्रो भएका छन् ।  गत अगस्त ४ का दिन इस्टवुडमा सम्पन्न उक्त कार्यक्रमको गायन तर्फ नेपाली युवा गायकहरुलाई सो सफलता मिलेको हो।
बहुसंस्कृति अष्ट्रेलियामा भिन्न देशका प्रतिभाहरु माझ नेपाली त्यो पनि राष्ट्रिय गीत गाउन पाउदा नै आफुलाई गर्बको अनुभूति भएको त्यसमा पनि प्रथम स्थान हासिल प्राप्त गर्दा निक्कै खुशी लागेको गयाक पाण्डेले बताए । यसै गरि गोराहरु को देशमा नेपाली पहिरानमा सजिएर माइक समात्दा नै आफुले जिते जस्तो महसुस भइ सकेको र पछि नतिजा आउदा आफ्ना मित्र बिधान पाण्डे प्रथम र आफु दोश्रो भएको खबरले निक्कै उत्साहित भएको रमण रेग्मीले बताए ।  यसै गरि सोहि दिन सम्पन्न नृत्य प्रतियोगितामा नेपाली चेली रक्षा के. सी. द्वितीय बन्न सफल भएकी छन्।
अष्ट्रेलियन साउथ एसिया फोरमको आयोजना बार्षिक रुपमा साउथ एसियन फिल्म, आर्ट र लिटरेचर फेस्टिभल (सफल फिस्ट) को आयोजना हुदै आइरहेको छ ।  साउथ एसियाका देशहरु अफगानिस्तान, बंगलादेश, भुटान, इन्डिया, नेपाल, श्रीलंका र पाकिस्तानबाट सहभागिता रहने सफल फिस्टमा हाम्रा बिबिध रहन सहन र संस्कृतिक बिबिधताहरु अष्ट्रेलिया जस्तो बहुसांस्कृतिक देशमा प्रस्तुत गर्न  ठुलो भूमिका खेलेको छ।