नेकपा सचिवालय बैठक स्थगित, २ अध्यक्षको आ-आफ्नै अडान
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार दिउँसो ३ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागको नेतृत्वको सहमतिले समय लम्बिदै जाँदा विभाग प्रमुख बन्न चाहना राख्ने नेताहरुको संख्या पनि बढ्दै गएपछि दुई अध्यक्षलाई निर्णय लिन कठिन भएको हो।
३३ विभागमध्ये अरु विभागमा मोटामोटी सहमति भएता पनि स्कुल विभागको नेतृत्वमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया लम्बिएको छ।
सोमबार प्रधानमन्त्रीले सिंगापुरबाट फर्किएलगत्तै दुई अध्यक्ष र मंगलबार दिनभर पार्टीका शीर्ष नेताहरुसँग यही विषयमा छलफल गरेका थिए। दिउँसो दुई जना अध्यक्षले नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरेर साँझ फेरि छलफल गरेका थिए।
मंगलबार अध्यक्षहरुसँग बेग्लाबेग्लै परामर्श गरेका सचिवालय सदस्यहरुले पनि अब एकता प्रक्रिया धेरै लम्ब्याउन नहुने भन्दै त्यसको निचोड निकाल्ने जिम्मा अध्यक्षहरुले नै लिनुपर्ने सुझाव दिएका छन्।
तर दुई सचिवालय सदस्यहरुमध्ये ईश्वर पोखरेललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्ष प्रचण्डले नै स्कुल विभाग प्रमुख बनाउन चाहेकाले पनि कुरा मिल्न कठिन भएको स्रोतको भनाई छ ।
स्कुल विभाग प्रमुख बन्ने कुरा प्रतिष्ठासँग जोडिदै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पोखरेललाई नै दिन चाहेका छन्।
अर्का अध्यक्ष प्रचण्डले सहमतिका आधारमा श्रेष्ठ बाहेक अरु सचिवालय सदस्यहरुलाई पनि स्कुल विभाग प्रमुख बनाउन सकिने तर पोखरेलका विषयमा भने सोच्नैपर्ने तर्क राखिरहेकाले कुरा नमिलिरहेको हो।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...