केशब कडेल टिमले सपथ लिदै एनआरएनए अष्ट्रेलियाको अधिबेशन सम्पन्न  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६
एनआरएनए अष्ट्रेलियाको आठौं अधिबेशन मेलबर्नमा सम्पन भएको छ । अगस्त १० र ११ गरि दुइ दिन सम्म चलेको अधिबेशनमा अष्ट्रेलिया भरि कै एनआरएनएका निबर्तमान एबम नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु लगायत  शुभचिन्तकहरु को ठुलो संख्यामा  उपस्थिति थियो । केशब कडेलको नेतृत्वमा निर्बाचित कार्य समितिलाई निर्बाचन समितिका प्रमुख आयुक्त एबम एनआरएनए अष्ट्रेलियाका पुर्ब अध्यक्ष मन केसीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । लगतै नबनिर्बाचित कार्यसमितिलाई निबर्तमान अध्यक्ष टोनु घोतानेले कार्यभार हस्तान्तरण गरेका थिए।
कार्यभार ग्रहण गरे पश्चात नब निर्बाचित अध्यक्ष  केशब कडेलले एनआरएनए अष्ट्रेलिया अभियानका सबै अग्रजहरु लाई स्मरण गर्दै सबैको साथ सहयोग र योगदानले यो उचाइ लिएको संस्थाको जिम्मेवारी लिदै गर्दा आफुलाई गर्बको महसुस भएको बताए। हामी सबै समुदाय र जन्मभूमिको लागि केहि दिन आएको हो, संस्थामा रहदै गर्दा  सबैले आफ्नो निजि स्वार्थलाई बाहिरै राखेर संस्थाको सर्बपरी हितका लागि आफु लाग्ने र आफ्नो टिमलाई लागाउने प्रतिबद्दता पनि कडेलले बयक्त गरे।  सबै मिलेर जानुको बिकल्प नरहेको भन्दै संस्थाका हिजो को गतिबिधिले जो सुकैलाई संस्था संग टाढै रहन या कुनै असहजता छ भने पनि त्यसको लागि संस्थाको तार्फ बाट  खुल्ला निमन्त्रणा गर्दै सबैको आबाज र गुनासाहरुलाई आफुले बैज्ञानिक र प्रयोगात्मक रुपमा सम्बोधन गर्ने पनि बताए ।  संस्थाको काम कर्तब्यका बारेमा सबै पदाधिकारीहरु ले आफुले बुझ्न र सोहि अनुसार अन्य सबै शुभ चिन्तकहरुलाई बुझाउन पनि कडेलले अनुरोध गर्दै यस निर्बाचन अभियानमा आफुलाई सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे।
  
अधिबेशनमा संस्थाका आर्थिक लागाएत बिबिध प्रतिबेदन प्रस्ततु गरिएको थियो। यसै गरि अधिबेशनले बिभिन्न मोसन सर्बसम्मत पास गर्दै ध्यानआकर्षण भएका केहि बुदाँहरु नयाँ कार्यसमितिमा छलफलको रुपमा लैजाने प्रस्ताब परित भएको छ।  यसै गरि अधिबेशनले पोलिसी इन्स्टिच्युट स्थापना गर्ने प्रस्ताब पनि अधिबेशनले सर्ब सम्मत पास गरेको छ।
यसै गरि उक्त अबसरमा संस्थाले बिगत दुइ बर्षमा नेपाली समुदायमा बिभिन्न व्यक्तिहरुले बिभिन्न विधामा पुराएको योगदान अनुसार धेरै व्यक्तिहरु लाई सम्मान पनि गरेको थियो।  अधिबशनको दोश्रो दिन कार्यशाला गोष्ठीको रुपमा नबनिर्बाचित पदाधिकारी बिच गरिएको कार्यक्रममा संस्थाका पुर्ब केन्द्रिय अध्यक्ष शेष घले देखि अष्ट्रेलियाका पुर्ब अध्यक्षहरु बिबिध बिषयमा उपस्थीत सामु आफ्ना कुराहरु राखेका थिए।
अधिबेशन सकेर सहभागीहरु घर फर्कन नभ्याउदै एनआरएनए अष्ट्रेलियामा भएका बिबिध अनियमितताहरु को प्रसंग सहित अदालतमा मुद्दा परेको हल्ला सामाजिक मिडियामा र केहि अनलाईन पोर्टलमा आए संगै संस्थाको विवाद सम्बन्धि कुरा आदालत सम्म पुगेको र अदालतले एनआरएनएलाई जाबफ दिन पत्रचार गरेको प्रश्नमा नब निर्बाचित अध्यक्ष केशब कडेलले यस अगाडी सोसियल मिडिया बाटै थाहा पाएको भए पनि भर्खरै मात्र आफुहरुले अदालातको पत्र पाएको बताए । केहि व्यक्तिले संस्थालाई हालेको मुद्दा भएका कारण यसलाई संस्थाले नै डिफेन्स गर्छ, यसैले हामीले अब यो गर्ने त्यो गर्ने भन्ने भन्दा पनि संस्थागत रुपमा कानुनी परामर्श पछाडी  संस्था अगाडी बढ्ने पनि कडेलले बताए ।  यो न हुनु पर्ने थियो भइ सक्यो अब सबैको मन सफा हुने गरि समाधान हुनु पर्ने आफ्नो विचार रहेको र सोहि अनुसार आबश्यक पर्दा सबैको सल्लाह सुझाब लिने पनि केशब कडेलले जानकारी दिए ।
( फोटो- जीवन रसाइली फोटोग्राफी )