एकैपटक १८ राजदूत नियुक्तिको सिफारिस, लक्की शेर्पा अष्ट्रेलियाका लागि सिफारिस
लामो समयदेखि एकैपटक १८ राजदूत नियुक्तिको सिफारिस भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राजदूत नियुक्तीको सिफारिस गरेको हो ।
स्रोतका अनुसार चीनका लागि राजदूतमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस भएका छन् । यस्तै बेलायतका लागि परराष्ट्रका दुर्गाबहादुर सुवेदी(दुवसु) क्षेत्री, प्रकाश सुवेदी अष्ट्रिया, रमेश खनाल जर्मनी, झविन्द्र अर्याल इजिप्ट, सेवा लम्साल अधिकारी पाकिस्तान र लोकबहादुर थापा बेल्जियमका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तैगरी परराष्ट्रका ऋषि घिमिरे र तारा पोखरेल पनि राजदूतमा सिफारिस भएका छन् ।
यस्तै माओवादीको तर्फबाट लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । पूर्वमन्त्री निरन्जन थापा राप्रपा नेपालको कोटामा श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् ।
एमालेका तर्फबाट युवराज कार्की, शिवमाया तुम्बाहाम्फे र नारद भारद्वाज राजदूत सिफारिस भएका छन् । त्रिविका प्राध्यापक डा. महेन्द्रबहादुर सिंह पनि राजदूतको सिफारिसमा परेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...