पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १०, २०७६

परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी ओभरसिज नेपलिज एसोसियसन (मोना) अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आयोजना गर्दैछ। सिड्नीको लिड्कम स्थित Wyatt Park Lidcombe NSW मा हुने उक्त कार्यक्रममा नेपाल चर्चित कलाकारहरु सुगम पोखरेल, शिव परियार, तृष्णा गुरुङ र गगन पुनको सांगेतिक प्रस्तुतिहरु रहनेछन् ।
म्युजिक र स्पोर्ट्स फेस्टिभलको पहिलो कार्यक्रम स्वरुप गत हप्ता भलिबल र बास्केटबलका खेलहरु सम्पन्न भइ सकेका छन् । जस्मा पुरुष भलिबल तर्फ सिड्नीका ९ र मेलबर्नको एक टिम गरि १० टिमको सहभागिता थियो । प्रतियोगितामा ढोरपाटन कल्बले सबै टिमलाई उछिन्दै प्रथम ( च्याम्पियन ) बनेको छ भने छन्त्याल परिवार दोश्रो बनेको छ, यसरि नै महिला भलिबल तर्फ मोना अष्ट्रेलिया टिम प्रथम र जलजला परिवार दोश्रो बनेको छ। गत हप्ता नै सम्पन्न बास्केट बल प्रतियोगितामा सहभागी ८ टिम मध्ये मोना अष्ट्रेलिया टिम प्रथम र थकाली सेवा समिति दोश्रो बनेको छ।
आउदो शनिबारको कार्यक्रममा बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म  १२ फुटबल टिमहरु बिच फुटबल प्रतियोगिता हुदैछ।  दिउसो ३ बजे देखि ४ बजे सम्म गत हप्ता र यस हप्ता बिजयी खेलाडीहरु लाई पुरस्कार वितरण एबम सबै स्पोन्सरहरु लाई सम्मान गर्ने कार्यक्रम रहेको छ । अन्त्यमा ४ बजे देखि ९ बजे सम्मको सांगेतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु ले सांगेतिक प्रस्तुतिहरु दिनु हुनेछ ।  कार्यक्रम स्थलमा दिन भरि नै नेपाली खाना लागाएत बिबिध स्टलहरु पनि रहनेछन् ।
मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोक्काले खेल र संगीतलाई एकै ठाउँमा राखी सबै खेलप्रेमीहरु र संगीत प्रेमीहरु बिचको आपुर्ब मिलन र भाइचाराको उदेश्यले यो फेस्टिभलको आयोजना गरिएको बताउनु भयो ।  बिल्कुलै पारिबारिक बाताबरणमा निशुल्क: प्रवेश सहितको उक्त कार्यक्रम परिवार सहित सहभागी हुन पनि संस्थाको तर्फबाट रोक्काले सबै नेपाली दाजु-भाई दिदि-बैनीहरु लाई अनुरोध गर्नु भएको छ।