मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १२, २०७६

काठमाडौँ — सरकारले विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा पेश गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन् ।

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।

सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडया काउन्सिलललाई दिने, काउन्सिलको अधिकार र कारबाही गर्ने विषय लगायत मिडिया काउन्सिललाई थप मजबुद बनाउने विषयहरु विधेयकमा उल्लेख भएको मन्त्री बास्कोटाले बताएका छन् ।