शिर झुकेको नेपाली पत्रकारिता
जहाँ समाज खुला हुन्छ, त्यहाँ राजनीति खुला हुन्छ तब त्यो खुलापनको उचित सदुपयोग गर्न सकिएन भने त्यसबाट उत्पन्न हुने खतराले धेरै ठूलो हानी पुर्याउँछ । स्वतन्त्रताको नाममा जनताले जे मन लाग्यो त्यै गर्न थाले भने त सरकारले कानुनी दायरामा ल्याउला । तर जब डाडु पनियो लिएर बसेकाले नै होस पुर्याउन सकेनन् भने त्यतिबेला जनताको भरोसा दुई वटा अंगसँग हुन्छ, ती हुन् स्वतन्त्र न्यायपालिका र निष्पक्ष पत्रकारिता ।
द्रुत गतिमा छलाङ्ग मारेको सूचना र प्रविधिको विकासले संचार र पत्रकारिताको परिभाषा, प्रयोग र प्रभावलाई पुनःपरिभाषित गर्न खोजेको देखिन्छ । तर वर्तमानको नेपालको सूचना र संचारलाई हेर्दा यसले परिवर्तित समयसँग चल्न र समसामयिक बिषयबस्तुलाई सम्बोधन गर्न सकेको जस्तो देखिदैन । परिणाम स्वरुप आजको नयाँ पुस्ता पुरानो ढर्राको पत्रकारितालाई उछिनेर संचारको बैकल्पिक तरिका सुचानाकारिता र परोपकारितालाई प्रभावी बनाउँदै आएको देखिन्छ ।
गएको महिना न्यूज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता सिधा कुरा जनतासंगका सन्चालक रबि लामिछाने र उनका सहकर्मी युवराज कंडेललाई उनकै कार्यकक्षमा प्रवेश गरि प्रहरीले पक्राउ गर्र्यो । पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्शाहन गरेको अभियोगमा रबि युबराज र एक महिला अस्मिता कार्कीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
मूलधार मिडियालाई सामाजिक संजालले यती धेरै निश्प्रभावी बनाएको सायद नै पहिलो पटक होला । यसबाट के प्रष्ट हुन्छ भने नेपाली मुलधारको पत्रकारिता पत्रकारको विवेकबाट होईन शक्ति केन्द्रबाट मात्रै सञ्चालित हुने रहेछ भन्ने कुरा सर्वसाधारण जनताले राम्ररी बुझे ।
सुरुदेखिनै शंकाको घेरामा परेको यो गिरफ्तारी करिब १२ दिनको जनदवाब पश्चात केही शर्तसहित चितवन अदालतले रिहा गरेपछि त्यो घटनाको एउटा च्याप्टरको अन्त्य भएको छ । तर यसले थुप्रै अनुत्तरित प्रश्नहरु खडा गरेको मात्र होइन, नेपालको पत्रकारिता, सूचना र संचारको निष्पक्षता र प्रभावकारी भूमिमा एउटा अविश्वास र अन्योल पैदा गरेको छ । नेपाली पत्रकारिता कसरी व्यक्ति निर्देशित छ र सत्य कुरा एकातिर रहँदा असत्य कुरा कसरी प्रचार गरिन्छ भन्ने जनताले पनि थाहा पाउने तहमा स्थापित हुन पुग्यो । त्यसबाट नेपाली पत्रकारिताले अपुरणीय क्षति व्यहोरेको अनुभूति भएको छ । पत्रकारिता क्षेत्रले जव जनविश्वास गुमाउँछ त्यही कमाउन वषौं लाग्न सक्दछ हो त्यहि मान्यता नेपाली पत्रकारितामा वषौंदेखि स्थापित रहेछ र आज क्रमशः जनसमक्ष आउन थालेको देखिन्छ । यो एउटा सत्य हो बाँकी सयौं सत्य खोतल्न रवि जस्ता अरु पत्रकाहरु जन्मिन आवश्यक छ नेपाली समाजमा ।
पुडासैनी आत्महत्या, रबि लामिछाने गिरफ्तारी, व्यापक जनादवाब तथा अदालतको फैसला प्रकरणले करिब ३ हप्ता नेपाली समाजमा यत्रतत्र चर्चा पायो । जनता “भेडा” कि जनता “जनार्दन” भन्ने यथार्थ सत्ता र शक्तिलाई सर्तसहितको जनादेश होइन कि आफ्नो कमाई खाने बिर्ता सम्झनेलाई कहिल्यै नबिर्सिने सबक सिकायो र एक खालको सन्त्रास पनि पैदा गर्यो । रबि लामिछानेको हिरासत र व्यापक जनदवाबको करिब १२ दिन एकातिर नेपालका मूलधार मिडियाले खुचिङ्ग गरि बस्दै गर्दा मूलधार मिडियाको ठाउँ सामाजिक संजालले लिन पुग्यो । मूलधार मिडियालाई सामाजिक संजालले यती धेरै निश्प्रभावी बनाएको सायद नै पहिलो पटक होला । यसबाट के प्रष्ट हुन्छ भने नेपाली मुलधारको पत्रकारिता पत्रकारको विवेकबाट होईन शक्ति केन्द्रबाट मात्रै सञ्चालित हुने रहेछ भन्ने कुरा सर्वसाधारण जनताले राम्ररी बुझे । राम्रा मान्छेका लागि आखिर जनता नै सडकमा आउन पर्ने रहेछ भन्ने कुरा प्रष्ट हुन पुग्यो ।
रबि लामिछाने र उनको टिमले न्युज ट्वान्टी फोर मार्फत प्रदान गर्दै आएको सूचना, संचार र परोपकारी अभियानलाई मठाधिसदेखि कनिष्ट पत्रकारहरु यसलार्ई पत्रकारिता नै होइन भन्ने जिद्दी गर्नुमा एक खालको पूर्वाग्रह प्रष्टै देखिन्थ्यो । पत्रकार होस् या संचारकर्मी उसले समाजमा गरेको योगदानको कदर गरि प्रोत्साहन गर्नुको सट्टा समस्त मूलधार मिडियाले देखाएको पूर्वाग्रह र प्रतिशोधपूर्ण व्यवहारले नेपालको पत्रकारिताको स्तर र सोचमाथि प्रश्न चिन्न खडा गरेको छ ।
नेपालको पत्रकारितालाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउने उद्देश्य राखी स्थापित प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष जस्तो गरिमय पदमा आसिन पत्रकार किशोर श्रेष्ठ रबि लामिछाने र शालिकराम पुडासैनी प्रकरणका प्रमुख योजनाकार हुनु समस्त नेपालको पत्रकारिताका लागि एउटा दूर्भाग्यको कुरा थियो ।
करिब २ हप्तासम्म लाखौ नेपालीहरु सरकार, प्रहरी, न्याय सेवा तथा मूलधार मिडियाका बिरुद्ध उत्रिनु पर्ने कारण के थियो ? किशोर श्रेष्ठ, रबि लामिछाने र शालिकराम पुडासैनी तीनै जना पत्रकार हुन् । एकले अर्कोलाई खुइल्याउने प्रपन्चमा यो भएको हो भन्ने कसले बुझेको छैन ? जिम्मेवार पदमा बसेपछि जिम्मेवार काम गर्नु नैतिक दायित्व किशोर श्रेष्ठको हो कि होइन ? प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठबाटै पुडासैनी आत्माहत्याको भिडियो बाहिर आउँदै गर्दा त्यसको श्रोत उनले खुलाउन पर्ने कि नपर्ने ? यदि उनले प्रहरीलाई सहयोग नगरे रबि लामिछानेलाई होइन किशोर श्रेष्ठलाई हिराशतमा लिएर छानबिन गर्न पर्ने कि नपर्ने ? राजनीतिका व्हेल माछालाई रिझाएर माथिल्लो पदमा बस्दैमा उनले जे गरे पनि हुने हो भने पीडितले कसरी न्याय पाउने हो ? यावत प्रश्नहरु र यसको सेरोफेरोमा पत्रकारिता क्षेत्रका प्रमुख व्यक्तित्व संलग्न देखिनु नै सूचना, संचार र पत्रकारिताप्रति जनविश्वास घट्नुको प्रमुख कारण हो । यतिखेर रविलाई सरकारी अन्यायबाट बचाउन भूमिका खेल्नुपर्ने पोष्टमा रहेका किशोर उल्टै सरकारी मतियार बनेर फसाउन खोज्नुले पदमा बस्नेहरु के मात्रै गर्दा रहेछन भन्ने प्रष्टिन्छ ।
निर्मला पन्त होस् या रबि प्रकरण होस्, सरकार, न्याय, प्रशासन तथा सूचनाप्रतिको बिश्वासनियता खस्केका कारण नै सामाजिक संजालको प्रभाव र बहावमा अनियन्त्रित भीड अगाडि बढेको देखिन्छ । यस्तो स्थितिलाई समय मै उचित सम्बोधन गरि सामाजिक संजालको प्रभावलाई जिम्मेवार संचारको दायरामा ल्याउने र मूलधार मिडियाको साख जोगाउने हो भने पत्रकारिताको नाममा प्रतिशोध त्यागेर विशुद्ध पत्रकारिता गर्नु आवश्यक छ ।
नेपाली पत्रकारिता त्यति पाको नभएको हुनाले रवि प्रकरणलाई नजिकबाट नबुझेको हो भने आगामी दिनमा पनि यस्ता कुरामा चुक्दै जाने हो भने जनभरोसा चुकाउँदै जाने निश्चत छ ।
रबि हिरासतको दोश्रो हप्ताको मध्यतिर मृतक शालिकराम पुडासैनीका बारेमा पत्रकार जनक सापकोटाद्वारा कान्तिपुरका लागि तयार पारिएको सोध खोज पूर्ण लेख प्रकाशित नभएको भए रबि लामिछानेलाई हिरासतबाट सिधै जेल पठाउने काममा हुन्थ्यो होला । नयाँ पुस्ताको सरकारप्रतिको अविस्वास, सामाजिक संजालको व्यापक प्रभाव र रबि लामिछानेप्रति व्यापक जनसमर्थनका कारण अन्ततः सत्य र न्यायका अगाडि रबि लामिछानेलाई फसाउने प्रतिशोधपूर्ण र पूर्वाग्रही मिशन पूरा हुन सकेन । नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष जस्तो पदमा बसेर उनले गरेको हर्कतले नेपालको पत्रकारिताको नैतिक स्तर घटेको मात्र होइन एउटा मुल्य र मन्यतामा रहेर आफ्नो भूमिका निर्वाह गर्ने समग्र पत्रकारिताको शिर निहुरेको छ । नेपाली पत्रकारिता त्यति पाको नभएको हुनाले रवि प्रकरणलाई नजिकबाट नबुझेको हो भने आगामी दिनमा पनि यस्ता कुरामा चुक्दै जाने हो भने जनभरोसा चुकाउँदै जाने निश्चत छ । यस प्रकरणबाट जनताले सामान्य बुझेको कुरा के हो भने मुलुकमा मौलाएको कुशासनलाई खबरदारी गर्ने सञ्चार क्षेत्र पनि अछुतो छैन र ठूला मिडिया हाउसहरु उनीहरुका मतियार हुन । जसले जनपक्षमा काम गर्ने छन् उनीहरुलाई साथ दिनु जनताको परम कर्तव्य हो । यदि जनता सडकमा उत्रिएका थिएनन भने जनपक्षमा पत्रकारिता गरेका रविहरु यतिखेर किशोर श्रेष्ठ जस्ताका शिकार हुने रहेछन् । यो विषयले रविलाई जनताको पक्षमा काम गर्न अझै हौसला मिलेको हुनु पर्दछ र अन्य पत्रकार जो जनताको पक्षमा कलम चलाउने हो भने जनताले यसरी साथ दिने रहेछन भन्ने कुरा पुष्टि भएको छ ।
देशमा दुइ तिहाइ बहुमतको कम्युनिष्ट सरकार छ । ने क पा को ब्याज भिरेर पत्रकारिता गर्ने किशोर श्रेष्ठ प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष छन् जसले सरकारकको ठेकेदारी गर्दछन् । यो परिस्थितिमा सुशासनको ठाउमा कुशासन मौलाउने र रबि लामिछाने जस्ता सच्चा राष्ट्रसेवक लाइ उनीबाटै सन्त्रास पैदा हुनु कुनै ठुलो कुरा होइन । तर रबि लामिछानेले गरेको साहसिक र परोपकारी पत्रकारिता नेपालको प्रेस स्वतन्त्रता, लोकतन्त्र र सुशासनका लागि एउटा रोल मोडेल पत्रकारिता हो भन्नुमा कुनै संकोच छैन । युग अनुसारको पत्रकारिता र सुचानाकारिता रुपान्तरित हुन सकेन भने समाजले त्यसलाई किनारा लगाउने छ सम्बन्धित सबै को ध्यान जाओस् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...