दूताबासको दिनचर्या

-- सुजित सिग्देल, आवरण सेप्टेम्बर २०१९ / प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६

देशको सिमाना छोडेर अध्ययन, अध्यापन लगायत बिभिन्न पेशा व्यवसाय गरि ग्लोबभरि छरिएका नेपालीहरू को संख्या ठयाक्कै यति नै छ भनेर भन्ने संयन्त्र हामी संग यति बेला छैन । खुल्ला बोर्डर भएका कारण ठूलो संख्यामा नेपालीहरू को बसोबास भारतमा छ, त्यो बाहेक मानब बस्ति भएका सबै महादेशहरू मा नेपालीहरूको धेर थोर उपस्थिति रहेको बिभिन्न तथ्याङ्गहरूले देखाउँछन् । २०४६ सालको परिबर्तन अगाडिसम्म विदेश जाने भनेको भारतीय र बेलायती सेनामा भर्ना हुन जाने भनेर नै बुझिन्थ्यो त्यो भन्दा अलिकति बढी अन्य रोजगारको लागि भारत र यदाकदा भारतको समेत बोर्डर पार गर्दै पाकिस्तान र बर्मासम्म पनि नेपालीहरू पुगे, भने उत्तरको बोर्डर काटेर तिब्बतसम्म व्यापार र रोजगारीको लागि । तर २०४६ सालको परिबर्तन संग उच्च शिक्षा र बैदेशिक रोजगारी र उन्नत भविष्य खोज्दै ठूलो संख्यामा नेपालीहरू ले देश छोडे । तिनै ९० को दशक पछाडि विदेशिने अनुहार गन्न सक्ने हो भने पक्कै पनि त्यो संख्या अब २० औं लाखमा अट्दैन ।

नेपालीहरू जहाँ पुगेका छन् आफ्नो परिश्रमी र इमान्दारी स्वभाबले उल्लेखनीय प्रगति गरेका छन् सबैको प्रिय बनेका छन् । दुःख सुखमा सक्दो आफू–आफूबीचमा, आफ्नै समुदायमा र देशसम्म पनि माया र सहयोगका हातहरू बढाएका छन् ।

विदेशिने नेपालीहरू को जनसंख्या बृद्धि संगै धेरै देशमा यति बेला आवासीय दूताबासहरू खुलेका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयको रेकर्ड अनुसार यति बेला ३० भिन्न देशमा नेपाली दूताबास र ५६ बाणिज्यदूतका कार्यलयहरू सक्रिय छन् । दूताबास खुल्नु आफैमा उक्त देशमा नेपालको सशक्त उपस्थितिको संकेत पक्कै हो, त्यसो भन्दै गर्दा त्यसले नेपाल सरकारलाई पार्ने व्ययभार बारे पनि सोच्नै पर्ने हुन्छ । हुन त प्रबासमा रहेका हामी सबै नेपालीहरू देशको अघोषित अवैतनिक राजदूत नै हाैं भनेर हामीलाई नेपाल सरकारले भनि रहेको हुन्छ । जुन एक मानेमा सहि पनि छ किनकि हामी प्रत्येकले परदेशमा देशको प्रतिनिधित्व गरेका हुन्छौं हामीले गरेका प्रत्येक राम्रा नराम्रा क्रियाकलापले सिधै देशको नाम जोडिएको हुन्छ ।

तिनै ३० भिन्न देशका आबसिय दूताबास मध्ये एक अष्ट्रेलियाको नेपाली दूताबास पनि हो । त्यस मानेमा हामी अष्ट्रेलियामा रहेका नेपालीहरू भाग्यमानी नै मान्नु पर्दछ । २००६ को अन्त्य तिर देखि दूताबास स्थापनाको प्रकृया सुरु भइ २००७ को मार्चमा दूताबासले आफ्नो काम सुरु गरेको अष्ट्रेलियामा सोहि सालको २० सेप्टेम्बरमा क्यान्बेरा स्थित पुरानो पार्लियामेन्ट हाउसको प्राङ्गणमा नेपाली झन्डा फहराउँदै नेपाली दूताबासको औपचारिक उद्घाटन भएको थियो । उद्घाटन समारोहमा नेपाल सरकारको तर्फबाट परराष्ट्र सचिब ज्ञानचन्द्र आचार्य र अष्ट्रेलियन सरकारको तर्फबाट सिनेटर मोरिस पायन उपस्थिति हुनुहुन्थ्यो ।

नेपाल अष्ट्रेलिया सम्बन्ध

नेपाल र अष्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध करिब ६ दशक पुरानो हो । १५ फेब्रुअरी १९६० मा सुरुभएको नेपाल अष्ट्रेलिया सम्बन्धको दुवै देशले २०१० मा पचासौं बार्षिक उत्सब समेत मनाइसकेका छन् । त्यो हिसाबमा नेपालको पुरानो मित्र अष्ट्रेलियामा नेपाली दूताबास स्थापना भएको ढिलै हो भन्नु पर्दछ । किनकि अष्ट्रेलियाले नेपालमा आफ्नो दूताबास १९८४ मै खोलिसकेको थियो । हुन त दूताबास स्थापना भन्दा अगाडि नै न्युसाउथवेल्स, भिक्टोरिया, क्वीन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया र साउथ अष्ट्रेलियामा कन्सुलेट जनरलको कार्यलयहरू खुली सकेका थिए । आयात–निर्यात शैक्षिक छात्रबृति, पर्यटन र लगानी ( डाइरेक्ट इन्भेस्टमेन्ट) का हिसाबले अष्ट्रेलिया नेपालको लागि धेरै नै नजिकको देश हो । त्यो बाहेक जनस्तरमा यी दुई देशबीचको सम्बन्ध फरक खालको छ । विनाशकारी भूकम्पको बेला अष्ट्रेलियन सरकार र जनस्तरबाट नेपालले पाएको सहयोग अविष्मरणीय छ । त्यसै गरि अष्ट्रेलियाको लागि नेपाल बैदेशिक विद्यार्थी आउने अहिले तेश्रो मुलुकमा छ । आफ्नो आम्दानीको करीब १५ देखि १७ प्रतिशत बिदेशी विद्यार्थीमा निर्भर रहने यो देशको तेस्रो ठूलो हिस्सा नेपाली विद्यार्थीले ओगट्नु निक्कै ठूलो कुरा हो । त्यति मात्र होइन अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली निक्कै चाडै फैलदै गएको समुदाय भएको यहाँका सबै राजनीतिज्ञहरूले स्वीकार्छन अनि तथ्याङ्कले देखाउँछ । आफ्नो इमान्दारिता र परिश्रमी बानीले अष्ट्रेलियामा केन्द्रदेखि स्थानीय सरकार र राजनीतिज्ञको आँखामा नेपालीहरू ले निक्कै राम्रो प्रभाब पारेका छन् । सरकारी स्तर र जनस्तरसम्म मजबुत सम्बन्धको अर्को हिस्सा हो अष्ट्रेलियाको पार्लियामेन्टमा नेपाल सदभाब र नेपाल सहयोग समुह गठन गरिनु ।

दूताबास स्थापनाको १२ वर्ष

मार्च २००७ बाट आफ्नो कार्य थालेको नेपाली दूताबासले सोहि वर्षको सेप्टेम्बर २० मा औपचारिकता पायो । तत् पश्चात नेपाली दूताबास क्यानबेरा सक्रिय रुपमा यहाँका नेपालीहरू को हितैषी र सहयोगी बन्दै आएको छ । १२ वर्षको यो अबधिमा दूताबासले ३ जना राजदूत पायो । जसमा २ जना राजनीतिक नियुक्तिबाट आएका थिए भने १ जना कर्मचारी कोटाबाट । प्रथम राजदूतको रुपमा राजनीतिक नियुक्ति पाएका योगेद्र ढकाल र त्यस पछाडिका कर्मचारी कोटाबाट रुद्र नेपालले पुरै अबधि आफ्नो कार्यभार सम्हाले भने अर्को राजनीतिक नियुक्ति पाएर आएकी लक्की शेर्पाले आफ्नो पदावधि नसकिदै र आफूलाई लागेको मानब तस्करको आरोप पुष्टि या सफाई नहुदै पदबाट राजिनामा दिईन । संयोग नै मान्नु पर्छ अब आउने भनेका राजदूत पनि राजनीतिक नियुक्तिबाट आउदैछन् र उनी समेत तीनै जना राजदूत तत्कालिन माओबादी (हालको नेकपा) को कोटा कै हुन् । बिगत १२ वर्षमा नेपाली राजदूताबास अष्ट्रेलियाको राजधानी क्यानबेराको २ भिन्न ठाउँमा सर्यो । कामना गरौं यो दूताबासको अन्तिम अस्थाई कार्यलय होस् किनकि यति बेला दूताबास आफ्नै भवन बनाउने प्रकृयामा छ, जसको लागि जग्गा किन्ने प्रकृया केहि अगाडि नै सुरु भएको भए पनि निबर्तमान राजदूत लक्की शेर्पाले आफू यहि रहँदा सम्पन्न गरेकी थिइन । अर्को राजदूत आए संगै त्यो प्रकृया पक्कै अगाडि बढ्ने सबैको बिश्वास छ । यसो भनि रहँदा कार्यबाहक राजदूतको भूमिका समेत निभाइरहनु भएकी ऋजबचनभु मुबाबष्चभक ब।ष्। दुरपदा सापकोटाले पनि यस सम्बन्धि अन्य कार्यहरू तदारुपताका साथ अगाडि बढिरहेको बताईन । सापकोटाका अनुसार दूताबासको माताहतमा आइसकेको क्यानबेराको ओमाली भन्ने ठाउँमा किनिएको ६०१९८ स्क्यायर मिटर जग्गामा आहिले दूताबास भवन को अवधारण र डिजाइनिङ्गका कामहरू हँुदैछ । सापकोटाका अनुसार अब बन्ने दूताबासको आफ्नै भवन मात्र भवन नभएर नेपालको परिचय साट्दै सदियौंसम्म अष्ट्रेलियामा रहने चिनो हो । त्यसैले यसको रुप रेखा र बनावटले नेपाल प्रतिनिधित्व गर्दै भोलिका पुस्ताले यस बाट हाम्रो हस्तकाला बस्तुकाला र धेर थोर भूगोलको समेत प्रतिबिम्ब गर्न सकोस् ।

यस बाहेक दूताबास समय सापेक्ष कसरि सेवाग्राहीलाई चुस्त सेवा दिने कसरी प्रबिधि मैत्री हुँदै अगाडि बढ्ने कुरामा सजग देखिन्छ । जस्तो कि फेसबुक पेज, फेसबुकबाट आउने जिज्ञासा, अटोमेटेड भ्वाइस म्यासेज, वेबसाइटको अपडेट, पोस्टल सर्भिस यति हुदाँ हुदै पनि पक्कै सुधार गर्नु पर्ने ठाउँ जता ततै हुन्छन् त्यसमा दूताबासको सकारात्मक हुँदै सेवाग्राही कै सुझाबकै आधारमा अगाडि बढ्ने प्रतिबद्दता पनि व्यक्त गर्दछ । यति बेला धेरै सेवाग्राहीको माग रही आएको इफ्ट्मेशिनका लागि दूताबास प्रक्रियामा छ आशा गरौ त्यो पनि छिट्टै पुरा होस् ।

यी बाहेक नीतिगत रुपमा गर्नु पर्ने, यहाँ नेपालीले सिकेका ज्ञान र शीपलाई नेपालसम्म लैजाने, रेमिटेन्सलाई बिधिबत रुपमा नेपाल पुराउने जस्ता कुराहरू पनि दूताबासले प्रभावकारी भूमिका खेल्न सकोस भन्ने धेरैको चाहना छ । अर्कोतिर नेपाल आजसम्म अष्ट्रेलियन सरकारी स्तरको कुनै पनि भ्रमण नभएको परिप्रेक्षमा कुटनीतिक पहल गर्न सके यो त्यति ठूलो असम्भब कुरा पनि होइन र जसले धेरै व्यापारिक साझेदारीका ढोका मात्र होइन नेपालको पर्यटनमा सकरात्मक असर गर्नेछ ।

राजदूताबासको दिनचार्या

ठ्याक्कै सात महिनाभन्दा धेरै भयो दूताबासमा महामहिम राजदूतको कुर्ची खालि भएको । कुर्ची खाली हुँदै गर्दा पनि यो बीचमा धेरैले सोचे जस्तो दूताबास सुनसान भने छैन । कार्यबाहक राजदूत दुरपदा सापकोटाले भने जस्तै राजदूत नभएको अबस्थामा केहि कुटनीतिक भेटघाटहरू पक्कै प्रभावित भएका छन् जसका लागि दूताबास परिवार नै नयाँ राजदूतलाई स्वागत गर्न व्यग्र प्रतिक्षामा छ । सापकोटाका अनुसार सेवाग्राहीहरूले पाउने सेवामा दूताबास टिमले निक्कै महेनत साथ आफ्नो कार्य सम्पादन गरि रहेको छ । दूताबासमा आउने मध्ये धेरै जसो कामहरू मध्ये नयाँ जन्मेका बच्चाहरूको राहदानी बनाउने, पासपोर्ट हराएर र बिग्रिएर नयाँ बनाउने, गैरआवासीय नेपाली परिचयपत्र र त्यसको उपयोगिता, नेपालमा कसैलाई वारिसनामा दिएर घरजग्गा बेचबिखन गर्ने तथा सम्बन्ध विच्छेद गर्ने लगायतका कामहरू मुख्य हुन् । यी कामहरू प्रथामिकता र फर्स्ट कम फर्स्ट सर्भका अधारमा दूताबासले सम्पादन गर्दै आइरहेको छ । स्वयं उपस्थित भएर हस्ताक्षर गर्नु नपर्ने कामका लागि पोस्टल सर्भिस वा इलोक्ट्रोनिक माध्यमबाटै निबेदन लिने र सोहि अनुसार सेवा प्रदान गर्दै आइरहेको छ दूताबासले । यसका लागि निश्चय नै कार्यबाहक राजदूत लगयत द्धितीय सचिव निर्मल भट्टराई, तृतीय सचिव यादव कोइराला लगायत सम्पूर्ण दूतावास परिवार धन्यबादको पात्र छन् । दूताबास बाहेक दूताबास मातहतमा रहेर सेवा प्रबाह गर्दै आइरहेका अष्ट्रेलिया भरि कै बाणिज्यदूत र महाबाणिज्यदूतका कार्यलयहरू लाई समन्वय गर्ने र सेवा विकेन्द्रीकरण गर्नु पर्ने पनि आहिले को आबश्यकता हो ।

अन्त्यमा, नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत रहेका बिश्वभरिका दूताबासहरू नेपाल सरकार कै नीति नियम र मातहतमा चलेका हुन्छन् । हामी भाग्यमानी छौं किनकि हामी जुन देशमा छौ त्यहाँ मानव अधिकारको उच्च सम्मान हुन्छ विविध कारणले हुने विभेद यी देशमा छैनन् । गास बास कै समस्याले दूताबासले आश्रय दिनु पर्ने खाडी देशहरू का समस्या मानबीय दृष्टिकोणले पनि निक्कै संबेदनशिल छन् । त्यसैले पनि अष्ट्रेलियाका दूताबासमा आउने समस्या नेपालका सरकारी आँखामा कमजोर देखिन सक्छन । त्यसैले पहिलो कुरा त दूताबासका समस्या हेर्ने र सम्बोधन गर्ने सबालमा सरकारी नीति नियम र रबैयामा स्पष्टता हुनु जरुरी छ । नेपाली समुदाय विद्यार्थीका समस्यामा पक्कै यहाँको दूताबासले गर्न सक्ने धेरै कुरा छन् त्यो भन्दा पनि अष्ट्रेलिया जस्तो देशमा राम्रो कुटनीतिक पहल भएमा सरकारले राखेको नेपाल भ्रमण वर्ष २०२० देखि नेपालले बैदेशिक लगानीका ढोका खोल्ने अबसर हुनेछ । अर्कोतिर संघीयताको दृष्टिकोण पनि नेपाल र अष्ट्रेलिया का धेरै कुराहरू मिल्छन् त्यसैले नेपालले सिक्न पर्ने धेरै कुराहरू यहाँ छन् । अहिले अष्ट्रेलियामा रहेका बिदेशी विद्यार्थीहरू मा नेपाल तेश्रो स्थानमा छ । यति ठूलो शैक्षिक बजार भएको नेपाल र नेपाली विद्यार्थीहरू लाई सहुलियतका धेरै अबसरहरू मा हामीले कुटनीतिक प्रयास या लेनदेन गर्न सक्ने हो भने हामीप्रतिको सदभाबले भन्दा पनि हाम्रो सम्भावनाको आधारमा केहि गर्न अबश्य सकिन्थ्यो कि । फेरि पनि इमान्दारिता र परिश्रमीको रुपमा हामीले बनाएको परिचयलाई निरन्तरता दिदै कर्मभूमिमा हामी सबै रम्न सकौं । मर्दा पर्दा हामी यहाँदेखि देशसम्म संधै सबैका लागि पर्याबाची बनौं । अर्कोतर्फ हाम्रा समस्याहरू छदै छन् अभिभाबकको हैसियतले यसको समाधान मा पक्कै दूताबासले रोल खेल्नेछ । यसरी नै बढ्दो ब्रेन ड्रेनको समस्या रोक्न भन्दा पनि विदेशमा ट्रेन भएका ब्रेनहरू बाट यहिँबाट उनीहरूले देशलाई कस्तो फाइदा दिन सक्छन् भन्ने कुरा पनि दूताबासको ध्यान जानु जरुरी छ । यी बाहेक दुई देशको सम्बन्ध मजबुत गर्दै देशलाई दीर्घकालसम्म फाइदा हुने बिभिन्न योजनाहरूमा सफल हुन सकेमा मात्र यति महँगो देशमा दूताबास रहेको कुरामा देशका करदाता लाई बुझाउन ?? सहज बन्नेछ ।