हरियाली प्रर्वद्धनमा काठमाडौँ महानगर, त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ५ सय विरुवा रोप्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढेको बताउनु भएको छ ।
वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाल आर्मीको संयुक्त आयोजनामा सुन्धारा क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।
‘हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियान अनुसार नै हामीले वृक्षारोपन कार्यक्रमको आयोजना गरेका हौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तिव्ररुपमा अघि बढाएका छौँ । यो पनि पनि त्यहि अभियानको निरन्तरता हो ।’
मेयर शाक्यले पाँच फिट भन्दा माथिका मात्र विरुवा रोप्ने महानगरको नीति भएको भन्दै त्यहि अनुसार नै आज १ सय ६५ वटा विरुवा रोपेको बताउनुभयो ।
‘यो अभियानमा १५ मिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा कम्तीमा पनि त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ४ देखि ५ सयको हाराहारीमा विरुवा रोप्ने योजना छ,’ उहाँले भन्नुभयो, ‘यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै जिम्मा नेपाल आर्मीलाई दिएका छौँ ।’
उहाँले यस्तो अभियान महानगरका ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपन गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...