काठमाडौंमा १६ सय सिसी क्यामेरा जडान

काठमाडौं- नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ । एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ । अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ ।
प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो । समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो ।
प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ ।
जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षत्रीले उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँगै सिसी क्यामेरा जडानको कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएपछि सिसी क्यामेरा जडान हुने क्रम बढेको छ ।
‘उपत्यका काठमाडौंको सबै नाकामा सिसी क्यामेरा जडान गरिएको छ, २४ घण्टा सञ्चालन हुने नयाँ प्रविधिको क्यामेरा जडान गरिएको छ’, थापाले भन्नुभयो– ‘सिसी क्यामेरा हरेक चोकचोक र गल्लीगल्लीमा जडान गर्न आवश्यक छ, समुदायबाट राम्रो साथ र सहयोग पाएका छौं ।’
सिसी क्यामेराको प्रयोगसँगै कम जनशक्तिले पनि धेरै काम गर्नसक्ने भन्दै प्रहरीले समुदायसँगको सहकार्यमा सिसी क्यामेराको जडानलाई बढाउँदै लगेको छ ।
‘सिसी क्यामेराको कारण प्रहरीलाई धेरै घटनामा अनुसन्धान गर्न सहज भएको छ।’ –उहाँले भन्नुभयो। प्रहरीले उपत्यका काठमाडौंमा थप २० हजार सिसी क्यामेरा थप्नुपर्ने प्रस्ताव गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकामा एक वर्षको अवधिमा ११ सिसी क्यामेरा जडान भएर सञ्चालनमा आएका छन् ।
जडान भएकामध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्र जडान भएका पाँच सय ३६ वटा सिसी क्यामेराको मनिटरिङ गर्दै आएको छ भने बाँकी सिसी क्यामेराको भने उपत्यकाभित्र रहेका प्रहरी कार्यालयहरूले मनिटरिङ गर्दै आएका छन् ।
प्रहरीले उपत्यकाभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन काठमाडौंमा नौ हजार एक सय १७, ललितपुरमा ६ हजार तीन सय ३९ र भक्तपुरमा पाँच हजार नौ सय ८५ वटा सिसी क्यामेरा आवश्यक रहेको रिपोर्ट तयार पारेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



