नेपाली फुटबल टिम र सकरुज बिचको खेल सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६

नेपाली फुटबल टिम र अष्ट्रेलिया फुटबल टिम बिचको बहुप्रतिक्षित वोर्ल्डकप २०२२को क्वालिफाइङ्ग खेल सम्पन्न भएको छ।अष्ट्रेलियन टिम संग घरेलु मैदानमा नेपाली टिमको उत्साहजनक प्रस्तुति रहदा रहदै पनि ५-० को अन्तरले खेल टुंगिएको छ। अष्ट्रेलियाको राजधानी क्यानबेराको जीआइओ रंगशालामा करिब १८ हजार दर्शकहरु बिच सम्पन्न उक्त खेलमा करिब ८ हजार नेपाली समर्थक दर्शक रहेका थिए ।

नेपाली टिमलाई समर्थन गर्दै अष्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत दुरपदा सापकोटा, एनएसडब्लुका महाबाणिज्यदुत दिपक खडका लगाएत एनआरएनएका पदाधिकारीहरु र खेल प्रेमी नेपालीहरु को रंगशालामा बाक्लो उपस्थिति थियो। फिफाको बरियातमा ४४ स्थानमा रहेको अष्ट्रेलिया र१६१ स्थानमा रहेको नेपाल बिचको यो खेलमा नेपाली टिमको प्रस्तुति सोचे भन्दा राम्रो रहेको धेरै नेपाली दर्शकको टिप्पणी रह्यो । सपरिवार खेल हेर्न क्यानबेरा पुगेका सुबास सापकोटा नेपाली टिमको डिफेन्सलाई निक्कै प्रसंसा गरे ।

खेलको ६  मिनेटमा  जेमीम्याकलरेनले पहिलो गोल, १९औं मिनेटमा पुन जेमी म्याकलरेन दोस्रो गोल, २४औं मिनेटमा ह्यारी सटरको तेस्रो गोल सहित पहिलो हाफमा अस्ट्रेलियाले ३ -०ले अग्रता लिएको थियो । यसै गरि  खेलको ५८औं मिनेटमा ह्यारी सटरले  चौथो गोल गरेभने ९०औं मिनेटमा जामी म्याकलरेन फेरि अष्ट्रेलियाको लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिकको इतिहास पनि रचे । खेल अबधिभर नै अष्ट्रेलियन टिमको दबाबमा रहेको उक्त खेलमा  नेपाली टिमका तर्फबाट गोलकिपर किरण चेमजोगं प्रस्तुतिले सबैको मन जितेको थियो भनेअष्ट्रेलियन टिमको धेरै प्रहारहरु लाई चेमजोगंले रोकेका थिए ।  देश भित्र एउटा गतिलो रंगशाला र अभ्यास मैदान नहुनु देखि बिबिध भौतिक र पूर्वाधारका कठिनाइ बिच भरपुर मेहनत गर्दै आइरहेको नेपाली टिमको अबको खेल जोर्डन बिरुद्द अम्मान इन्टरनेसनल स्टेडियम जोर्डनमा आउदो १६ अक्टोबर स्थानीय समय अनुसार दिनको ३ बजे हुदैछ।