राष्ट्रपति जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ

काठमाडौं- चीनका राष्ट्रपति सी जिनपिङ शुक्रबार भारत र नेपालको भ्रमणका लागि बेइजिङबाट निस्किएका छन् । उनको शुक्रबार र शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपक्षीय अनौपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने शनिबार नै उनी नेपाल आउने कार्यक्रम रहेको छ ।
जिनपिङ चीनबाट भारतका लागि निस्किसकेको चिनियाँ सञ्चार माध्यमले सार्वजनिक गरिसकेका छन् । सी र मोदीबीच भारतको महाबलीपुरममा अनौपचारिक भेटवार्ताको कार्यक्रम रहेको छ । उनी भोलि अपरान्ह नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । नेपाल र चीनबीच समझदारीका लागि रेल, सडक, ऊर्जा लगायतका थुप्रै विषय प्रस्तावित भए पनि अन्तिम निष्कर्ष निस्कन अझै बाँकी रहेको स्रोतहरुले बताएका छन् ।
नेपालमा पनि चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौका सडक झकिझकाउ पारिएको छ । सरकारले काठमाण्डौका विभिन्न ठाउँका सडक स्तरोन्नति गरेकोे छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मत गरेको हो ।
दशैँ तिहारका समयमा बर्सेनि सडक सुधारका काम गरिँदै आएको भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै थप काम भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको छ । ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ ।
ठाउँठाउमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बिर सहितको फ्लेक्स बनाएर राखिएको छ ।
राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।
आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी एक सयभन्दा बढी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार दिउसो ४ बजेतिर काठमाडौं आउने छन् ।
चिनियाँ राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवै जानेछन् । सीलाई सोल्टी होटलमा राखिने छ ।
स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ । त्यसपछि सी राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने जनाइएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितीमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्नेछ । बैठकपछि ओली र सीको उपस्थितीमा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्र (एमओयु) मा दुई देशका सम्बन्धीत अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...