गायक कन्हैया सिंहको नेतृत्वमा जुटे कलाकार

अमेरिका— अमेरिका र क्यानाडामा बसोबास गरिरहेका नेपाली कलाकारहरु संगठित भएका छन् । नेपाली कला संस्कृति हाम्रो पहिचान, जहाँ भएपनि जगेर्ना हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ नेपाली कलाकारहरुले गायक तथा संगीतकार कन्हैया सिंहको नेतृत्वमा नयाँ संगठन स्थापना गरेका हुन् । अमेरिका तथा क्यानाडामा बसोबास गर्दै आएका नेपाली कलाकारहरुको हालै सम्पन्न बृहत अनलाइन भेलाबाट ‘युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका ( युनाना )’ गठन भएको हो ।
कलाकारहरुको वृहत भेलाबाट २५ सदस्य केन्द्रीय कार्य समिति पदाअधिकारी रहने गरि गठन गरिएको हो । भेलाले गायक तथा संगीतकार कन्हैया सिंहलाई सस्थाको अध्यक्षको जिम्मेवारी दिएको छ भने फिल्म निर्देशक तथा कलाकार दिनेश कार्कीलाई सस्थाको उपाध्यक्ष (भर्जिनियाबाट) मा चयन गरिएको छ । लामो समय नेपालमा रहेर फिल्म तथा गीत संगीतमा योगदान पुर्याएका कलाकारहरु सहभागि भएको यो संस्थाले नेपाली कला– संस्कृतिलाई विदेशमा चिनाउने उदेश्यसहित अमेरिका तथा क्यानाडामा काम गर्नेछ । नेपाली कलाकारहरुको भिन्दा–भिन्दै समुहले यस अघि नै अमेरिकामा फरक–फरक नामबाट नेपाली कलाकार संघको थालनी गरेपनि यो संस्था भने नाममा भन्दा पनि नेपाली कला संस्कृतिको लागि काम गर्ने अध्यक्ष कन्हैया सिंहले बताएका छन् ।
नवगठित संस्थाको अध्यक्षमा गायक कन्हैया सिंह (न्यूयोर्क), वरिष्ठ उपाध्यक्षमा हास्य कलाकार नारायण त्रिपाठी (टेक्सास), गायक श्याम गुरुङ (बाल्टिमोर)उपाध्यक्षमा क्यामराम्यान उज्वल अर्याल (युटाह), निर्देशक दिनेश कार्की (भर्जिनिया), महासचिवनमा अभिनेता राजु बजाज (युटाह), उप–महासचिवमा लोकदोहोरी गायक भगवान भण्डारी (बाल्टिमोर), सविनमा नाटक निर्देशक शंख प्रजापति (न्यूयोर्क), कोषाध्यक्षमा गायिका सिर्जना विरही थापा (बाल्टिमोर), सह–कोषाध्यक्षमा कलाकार प्रदीप सिंह (न्यू जर्सी) तथा सदस्यहरुमा कलाकार बसिल अर्याल, लोक गायक रमेश परियार, कलाकार श्रीराम थापा, सुरेन्द्र बास्तोला, गायम भीम चापागाईं, गायक श्याम सुन्दर, गायक खेम संग्रौला, कलाकार प्रसिद्ध अर्याल, मोडल कला केसी, गायक राम सिंह, कलाकार हेमन्त हमाल, गायक विश्व तेन्जिङ, कलाकार तुलसी पाठक, मोडल महेन्द्र शाह तथा गायिका अञ्जना गुरुङ छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...