बझाङको कालंगा हाइड्रोको सुरुङ भित्र ४ जना कामदार फसे

बझाङ- बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् । आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ ।
काम गर्नका लागि सुरुङ भित्र गएका बेला अक्सिजन नभए पछि उनीहरु बेहोस भएको डिएसपि गणेश बहादुर बमले बताए । उनीहरुसंगै गएका दुई जना कामदार भने फर्किन सफल भएको उनको भनाई छ । चार जनाको अवस्था भने अज्ञात रहेको डिएसपि बमले बताए ।
दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाहि, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षीय महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षीय शेर सिंह धामी रहेको प्रहरी नायब उपरिक्षक बमले जानकारी दिए ।
घटना भएको जानकारी भएपछि जिल्ला बाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना शशत्र प्रहरी र नेपाल प्रहरीसहितको टोल घटनास्थलतर्फ गएको छ । आठ सय मिटर लम्बाई सुरुङ भएकाले त्यहाँ भित्र अक्सिजनको पनि अभाव भएको हुँदा उद्धार गर्न पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए । उनका अनुसार सुरुङ भित्र फसेका कामदारहरु निकाल्नका लागि काठमाडौँबाट हेलिकोप्टरमा नेपाली सेनाको टोली घटनास्थलमा पुगेको पुगी उद्धारका लागि थप पहल भैरहेको बताए ।
विगत ५ बर्ष देखि निर्माण कार्य सुरु भएको सानीगाड हाईड्रो प्रा.लि. ले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको ३ ठांउमा संरचना निमार्ण भइरहेको छ । ३८.४६ मेघावाट दहबगरमा ईनटेक बनेर खिरातडीको बिजगडमा पावर हाउस बन्न थालेको छ । कालगां हाईड्रो प्रा.ली.ले प्रवद्र्घन गर्न लागेको १५.३३ मेघावाटको खिरातडीको पाउटामा ईन्टेक निमार्णको कार्य भैरहेको छ ।
तत्कालीन सुनकुडा गाबिसको घोडादाउनमा पावर हाउस निर्माण कार्य अघि बढेको छ भने सानी गाड हाईड्रो प्रा.लि. ले प्रवद्र्घन गर्न लागेको १०.०७ मेघावाट क्षमताको विद्युत कफलसेरीको जुनैबाट झारेर तत्कालीन पिपलकोट गाबिसको खौलाधारमा पाबरहाउस निर्माण गरिने बताइएको छ ।
यसरी तिन ओटा आयोजनाको विद्युतलाई एकै ठांउमा जोडेर ६४.४९ मेघावाट बिद्युत उत्पादन हुने भएको छ । जलबिद्युत आयोजनाका निर्माणका लागी बैकंहरुले ७५ प्रतिशत लगानी र स्थानियका लागी १० प्रतिसत शेयर बितरण गरिनुका साथै १५ प्रतिशत प्रतिष्ठत ब्यापारीको लगानी हुने आयोजनाका व्यवस्थापक तिर्थराज चटौतले जानकारी दिएका छन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



