बेलायती महारानीलाई राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जन्मदिनको सुखद अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहिबार पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको उन्नति र समृद्धिको कामना पनि गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री डेभिड विलियम डोनाल्ड क्यामरनमार्फत बेलायती महारानी एलिजाबेथ द्वितीयलाई जन्मोत्सवको अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुई देश र जनताबीच लामो समयदेखि रहिआएको सौहार्द र मैत्रीपूर्ण सम्बन्ध आउादा वर्षहरुमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसका साथै प्रधानमन्त्री ओलीले महारानी एलिजाबेथको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको उन्नति र प्रगतिको कामना पनि गर्नुभएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...