बेलायती महारानीलाई राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जन्मदिनको सुखद अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहिबार पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको उन्नति र समृद्धिको कामना पनि गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री डेभिड विलियम डोनाल्ड क्यामरनमार्फत बेलायती महारानी एलिजाबेथ द्वितीयलाई जन्मोत्सवको अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुई देश र जनताबीच लामो समयदेखि रहिआएको सौहार्द र मैत्रीपूर्ण सम्बन्ध आउादा वर्षहरुमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसका साथै प्रधानमन्त्री ओलीले महारानी एलिजाबेथको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै बेलायती जनताको उन्नति र प्रगतिको कामना पनि गर्नुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...