नियोगमा नयाँ राजदूत : अपेक्षा र चुनौतीहरु
अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली महामहिम राजदूत महेश राज दाहालले यहि नोभेम्बर १३ का दिन अष्ट्रेलियाका महामहिम गभर्नर जनरल डेविड हर्ली समक्ष राजधानी क्यानबेरास्थित सरकारी भवनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात हामीले नयाँ राजदूत पाएका छौं ।
सन् २००७ मा स्थापित अष्ट्रेलियामा नेपाली आवासीय दूताबासमा नियुक्त हुने दाहाल चौथो राजदूत हुन् । यस अगाडि योगेन्द्र ढकाल र रुद्र कुमार नेपालले आ-आफ्नो कार्यकाल पूरा गरिसकेका छन् भने पूर्व राजदूत लक्की शेर्पाको कार्यकाल अल्पायु मै समाप्त भएको थियो। पूर्व राजदूत रुद्र कुमार नेपाल परराष्ट्र मन्त्रालयका बरिष्ठ अधिकृत थिए भने पहिलो राजदूत योगेन्द्र ढकाल र लक्की शेर्पाको नियुक्ति राजनैतिक थियो र दुवै जना तत्कालिन नेकपा माओबादी, समयान्तरमा नाम परिवर्तन भएको “माओवादी केन्द्र” को भागमा परेको थियो । अरु नियुक्ति जस्तै कुटनीतिक क्षेत्रमा पनि दलहरु बीच भागबन्डा चल्ने प्रचलन अनुसार सुरु देखि नै अष्ट्रेलिया माओवादीको कोटामा परे जस्तो देखिन्छ । पूर्व राजदूत लक्की शेर्पाको असामयिक बहिर्गमन पश्चात खालि भएको अष्ट्रेलियाका लागि नेपाली राजदूत पदमा पूर्व माओवादी अध्यक्ष तथा बर्तमान नेकपा अध्यक्ष प्रचण्ड निकटस्थ महेश दाहाल नियुक्त भएका छन् ।
राजदूतबाट राज्य र समुदायले गरेको अपेक्षा
राज्यको नियम कानुन इमान्दारीताका साथ पालना गर्ने, उच्च शिक्षित र रोजगारी दर भएको एउटा प्रतिष्ठित र मर्यादित समुदायको रुपमा चिनिन्छ नेपाली समुदाय अष्ट्रेलियामा । आफ्नो मिहिनेत गर्ने र अरुलाई दुःख कष्ट दिन नचाहने मात्र होइन, दुःख परेको बेलामा सक्दो सहयोग गर्ने, अष्ट्रेलियमा बस्ने नेपालीहरुको बिशेषता हो । सबै नेपालीहरुले सामुहिक रुपमा आर्जेको प्रतिष्ठा र इज्जतलाई निरन्तर मार्गदर्शन गर्नका लागि पनि सकारात्मक सोच भएका प्रेरक व्यक्तित्वको अभिभावकत्व अपरिहार्य हुन्छ ।
महामहिम राजदूत महेश राज दाहाल सकारात्मक सोच भएका एक सृजनशिल व्यक्तित्व भएको बुझिएको छ । उनको कुटनैतिक कौशलता र सृजनात्मक सोचको वास्तविक परिणाममुखी कामको अपेक्षा अष्ट्रेलियामा रहेका नेपाली समुदायले गर्नेछन् । कुशल नेतृत्व र जिम्मेवार अभिभावकत्वको अभावमा यस्तो मर्यादित समुदायका थुप्रै क्षतामवान व्यक्तिहरु यत्रतत्र अलपत्र आफ्नो कुटेखेलो मात्र गरि बस्न बाध्य छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुको ज्ञान, शीप र आर्थिक क्षमतालाई सामुहिक लगानी मार्फत मातृभूमिको सम्वृद्धिका लागि प्रयोग गर्न महामहिम राजदूतले आफ्नो योग्यता, क्षमता र अनुभवको भरपुर उपयोग गर्ने छन् ।
बैभवशाली अष्ट्रेलियाको आर्थिक उन्नतिमा आम्दानीको तेश्रो ठुलो श्रोत अन्तराष्ट्रिय विद्यार्थी हो । २०१८ मा यहाँको शिक्षा बिभागले निकालेको तथ्यांक अनुसार अष्ट्रेलियाको शैक्षिक संस्थाहरुमा भर्ना हुने अन्तराष्ट्रिय विद्यार्थीहरुमा नेपाल, चीन र भारत पछि तेश्रो स्थानमा परेको छ । यो आँकडा हेर्दा अष्ट्रेलियाको अर्थतन्त्र, मानव संसाधन तथा बहुसांस्कृतिक समाजको निर्माणमा नेपालको महत्वपूर्ण भूमिका कसैले नकार्न सक्दैन । तर यो गहन तथ्यलाई औपचारिक ढंगबाट सम्बन्धित निकायमा पुर्याउने र त्यसको उचित कदर स्वरूप यहाँका नेपाली समुदाय, नेपाली विद्यार्थी र नेपालले पाउनु पर्ने सुबिधाका बारेमा अष्ट्रेलिया सरकारसंग कुटनैतिक ढंगबाट सशक्त पहल अहिले सम्म कसैले गर्न भ्याएको छैन।
अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि कल्याणकारी कोष, स्थानीय विद्यार्थी सरह शुल्क तथा यातायातमा छुट, छात्रवृति, द्रुत गतिमा बढेको नेपालीहरुलार्ई जोड्ने सामुदायिक केन्द्रका लागि सहयोग तथा अनुदान, अष्ट्रेलिया-नेपाल बीच युनिभर्सिटी तहको आदान प्रदान कार्यक्रम जस्ता बिषयमा पैरवी गर्न सक्ने सबल अभिभावकीय भूमिका नयाँ राजदूतबाट निभाउन सकेमा वहाको कार्यकाल भविष्यमा स्मरणीय होला।
अष्ट्रेलियामा रहेको नेपाली समुदायको डेमोग्राफिक ढाँचा अत्यन्तै गतिशील र परिवर्तनशील छ । सुरुका दिन भन्दा आज र आज भन्दा आउँदो १०/२० वर्ष पछिका दिनहरुलार्ई हेर्दा अष्ट्रेलियामा नयाँ पुस्ताका नेपालीहरुको संख्यात्मक र गुणात्मक बिकास उल्लेखनिय छ। हाम्रो कुटनैतिक नियोगले यहाँ जन्मेर हुर्केका दोश्रो पुस्ताका नेपालीहरु लाई नेपालसंग भावनात्मक रुपमा जोड्न बिशेष कार्यक्रम ल्याउनै पर्ने देखिन्छ । दूतावासकै पहलमा नेपाली विद्यार्थी र अष्ट्रेलियामा जन्मेर हुर्केका दोश्रो पुस्ताबीच स्कुल तह देखि नै आदान प्रदान कार्यक्रम (एक्सचेन्ज प्रोग्राम) को थालनी नयाँ राजदूतबाट होस् । यस्तो खालको आदान प्रदान कार्यक्रमले नेपाल र अष्ट्रेलियाबीचको सामाजिक, आर्थिक तथा कुटनैतिक सम्बन्धमा सेतुको काम गर्नेछ । जसले नेपाल अष्ट्रेलियाबीचको करिब ६ दशक लामो तर निम्छरो कुटनैतिक सम्बन्धलाई भविष्यमा मलजल गर्नेछ र मजबुत बनाउन सहयोग गर्नेछ।
नेपाल अष्ट्रेलियाबीच “निम्छरो कुटनीति” सुन्दा अचम्म लाग्ला तर यो तीतो यथार्थ हो । किनकि कुटनैतिक सम्बन्ध स्थापना भएको करिब ६ दशक र आवासीय राजदूतावासको स्थापनाको करिब १२ वर्ष बितिसक्दा पनि अष्ट्रेलियाबाट नेपालको राज्यस्तरको भ्रमण भएको छैन भने लामो समय देखि अष्ट्रेलियाबाट कुनै औपचारिक भ्रमण सम्म हुन सकेको छैन । यसले के बुझाउँछ भने अष्ट्रेलियाले नेपालसँगको सम्बन्धलाई त्यति महत्व दिदैन। त्यसै गरि ब्यापारीक, सामरिक तथा रणनीतिक दृष्टिकोणले पनि अष्हट्रुरेलियनहरु को आँखामा नेपाल त्यति प्राथमिकतामा परेको देखिदैन । सन् २०१० मा नेपाल अष्ट्रेलिया कूटनैतिक सम्बन्धको पचासौं वार्षिकोत्सव मनाउने क्रममा अष्ट्रेलियाले त्यति महत्व नदिएको तत्कालिन राजदूत योगेन्द्र ढकालको अभिव्यक्तिबाट पनि कुटनैतिक सम्बन्ध समानताका आधारमा नभएको प्रष्ट हुन्थ्यो । तर समय बदलिएको छ, बिगतको केहि दशकदेखि अष्ट्रेलियामा नेपालीहरुको राम्रो उपस्थितिले अष्ट्रेलियाले नेपाललाई हेर्ने दृष्टिकोण बदलिन बाध्य बनाएको छ । यसलार्ई सम्बन्धित निकायको ध्यानाकर्षण गराई दुई देशबीचको कुटनैतिक सम्बन्ध मर्मत, सम्भार तथा मजबूत गर्ने यो भन्दा उचित समय अरु हुन सक्दैन ।
आउँदै गरेको नेपाल भ्रमण वर्षमा अष्ट्रेलियाबाट अत्याधिक पर्यटकहरु नेपाल जान प्रेरित गर्ने पर्यटन प्रबर्धनमा एनआरएनएसंग मिलेर बिशेष अष्ट्रेलियाब्यापी कार्यक्रमहरु ल्याउने छ। बिगतलाई हर्दा नेपाल पर्यटन बोर्डका मानिसहरु पर्यटन प्रबर्धनका नाममा अस्ट्रेलिया आउने, होलिडे मनाउने, सरकारको पैसा झ्वाम पार्ने अनि नेपाल फर्केर भ्रमण सफल भयो भनि बिज्ञप्ति निकाल्ने जस्ता प्रचलन चली आएको परम्परा जस्तै भएको छ । त्यस्ता झारा टार्ने प्रवृतिहरु लाई निरुत्साहित गर्दै हालै सम्झौतामा आएको नेपाल-अष्ट्रेलिया सिधा हवाई सम्पर्कलाई व्यवहारमा ल्याइ नेपाल पर्यटन प्रबर्धनका लागि आकर्षक कार्यक्रमहरुको थालनी पनि हाम्रो कुटनीतिक नियोगबाट होस्।
बामे सर्दै गरेको संघीय गणतन्त्र नेपालले सुशासन, समान र न्यायपूर्ण सामाजिक सद्भावकालागि यहाँको सरकारले अवलम्बन गरेका नीतिहरुबाट थुप्रै कुराहरु सिक्न सक्छ। बहुसांस्कृतिक नीति, पूँजिवादी र समाजवादी फ्युजन औद्योगिक नीति, बातावरण तथा पर्यावरण नीतिनिर्माणमा अस्ट्रेलियाले नेपालीलाई सहयोग गर्न सक्छ । यसका लागि हाम्रो कुटनैतिक नियोग चुस्त र दुरुस्त हुन र सशक्त अनि समय सापेक्ष हुन जरुरि छ ।
अष्ट्रेलिया एउटा बिकशित अनि सबैलाई प्रसस्तै अवसर भएको मुलुक हो । तर यहाँको नेपाली कूटनीतिक नियोगलाई चुनौती पनि कम छैन। अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ र समुदायको अपेक्षा र सेवाको लागि उचित प्रशाशनिक पूर्वाधार तथा व्यवस्थापन संधै चुनौतीको बिषय बन्दै गएको छ। नेपालीहरुले यो मूलुकमा थुप्रै राम्रा कामहरु गरेका छन्, नाम राखेका छन् तर अपबादमा समस्याहरु पनि त्यत्तिकै छन् । नयाँ विद्यार्थीहरु तथा आप्रवासीहरुमा पर्न गएको समस्यामा दूताबासले खेल्नु पर्ने भूमिकाको चाप वर्तमान भौतिक र प्रशासनिक पूर्वाधारले थेग्न सक्ने अवस्था छैन। दूताबासको फोन नउठ्ने, राहदानी सम्बन्धि प्रक्रियामा ढिलार्ई, प्रभावकारी दोहरो संचारको कमी जस्ता सिकायतहरु समुदायबाट बेला बेलामा आइरहेका हुन्छन् । यस्ता समस्याहरुको उचित सम्बोधन दूताबासको प्रबिधि मैत्री तथा समुदाय मैत्री प्रशासनिक व्यवस्थाले गर्नेछ। अष्माट्रेलियामा नेपालीहरुको जनसंख्या वृद्धिको अनुपातमा प्रशासनिक र प्राबिधिक पूर्वाधारको उचित बन्दोबस्त नेपाल सरकारबाट नभएको गुनासो स्वयं दूताबासका कर्मचारीहरुबाट यदाकदा सुनिएको हुन्छ । पूर्वाधारको मेरुदण्डको रुपमा मानिएको दूतावासको आफ्नै भवन बनाउने परिकल्पना पनि महामहिम राजदूतको कार्यकालमा सम्पन्न होस् |
बास्तविकताको अध्ययन नै नगरी शैक्षिक परामर्शदाता वा अन्य कसैको लहैलहैमा लगेर उच्च महत्वकांक्षा बोकेर अष्ट्रेलिया झरेका कलिला उमेरका विद्यार्थीहरु यहाँ आइसकेपछि अनपेक्षित समस्याका शिकार बन्न पुगेका थुप्रै उदाहरणहरु छन् ।बेरोजगारी, यूनिभर्सिटी ड्रप आउट, मानसिक तनाबको संक्रमण, लागु औषध दूर्वयसनी जस्ता कुरामा हाम्रो कुटनैतिक नियोगले हालसम्म पनि त्यति सक्रिय भूमिका निभाउन सकेको छैन र सशक्त उपस्थिति जनाउन सकेको देखिदैन।
आम जनमानसमा क्यानबेरास्थित नेपाली दूताबास हाम्रो साझा घर हो, यो हाम्रै लागि खोलिएको हो भन्ने भावनाको बिकास गर्नु गराउनु जरुरी छ । जसको लागि लामो दुरिमा रहेका नेपालीहरुको चासो सरोकार र गुनासाहरु टेलिफोन सेवाबाटै सुन्ने र सम्बोधन गर्ने ईमेलबाटै केही मिनेट भित्रै जानकारी लिने दिने व्यवस्था दूताबासले अरु प्रभावकारी बनाउनु आवश्यक छ । समयानुसार नेपाली विद्यार्थी, एनआरएनए बीच विद्यमान समस्याहरुका बारेमा छलफल, विचार गोष्ठी गर्दै दूतावासप्रति समुदायका सबैले अपनत्व प्राप्त गर्ने अवसर बनोस् ।
आधुनिक बिज्ञान प्रबिधि, राष्ट्रिय/अन्तर्राष्ट्रिय नियम कानुनको उचित ज्ञान भएको सबैलाई उत्तिकै सम्मान गर्ने बहुमुखी, गतिशील र सशक्त व्यक्तित्व महामहिम महेश दाहाल बहुसांस्कृतिक अष्ट्रेलियाका सम्मानित छबि बनाएका नेपालीहरु लाई अभिभवाकत्व प्रदान गर्दै एक सफल कुटनीतिज्ञको रुपमा दुई देशबीच रहेको निम्छरो सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सफल होउन, हाम्रो शुभकामना ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...