संघीय गठबन्धनले गर्यो आन्दोलनको घोषणा

काठमाडौं— संविधान पुनर्लेखनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संघीय गठबन्धनले शुक्रवार आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ । संघीष समाजवादी फोरम नेपालको कार्यालयमा पत्रकार सम्मेलन गदैगठबन्धनले विगतका सहमति र सम्झौता कार्यान्वयन गराउन आन्दोलन गर्नुपरेको दावी गरेको छ । यसअघि गठबन्धनले २६ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेको थियो ।
२७ दल सम्मिलित गठबन्धनले मधेस आन्दोलन तथा आदिवासी जनजाति तथा प्रादेशिक आन्दोलनलाई अझ सशक्त र एकीकृत गर्दै राष्ट्रिय आन्दोलन परिचालन गर्नु आन्दोलनको उद्देश्य भएको दावी गरेको छ ।
आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये पहिलो चरणमा सरकारलाई ज्ञापनपत्र बुझाउने रहेको छ । त्यसपछि संघीय गठबन्धले विभिन्न जिल्लामा कोणसभा गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । वैशाख १५ (२७ अप्रिल) गते सबै जिल्लाका प्रशासनमार्फत ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको कार्यक्रम छ । ज्ञापन पत्र बुझाएको दुई दिनपछि अप्रिल २९ मा जिल्लाका सरकारी कार्यालयमा कालो झन्डा गाडेर विरोधको थालनी गर्ने, त्यसपछि मे ३ देखि मे १३ सम्म जिल्ला तथा प्रदेशका मुख्य सहरहरुमा विरोधसभा गर्ने उल्लेख छ।
गठबन्धनले जिल्लाका अतिरिक्त काठमाडौं केन्द्रित आन्दोलनलाई विशेष परिचालन गर्दै मे १४ (जेठ १ गते) को दिनलाई ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ नारालाई अभियानका रुपमा प्रचार गर्ने जनाएको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...