संघीय गठबन्धनले गर्यो आन्दोलनको घोषणा

काठमाडौं— संविधान पुनर्लेखनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संघीय गठबन्धनले शुक्रवार आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ । संघीष समाजवादी फोरम नेपालको कार्यालयमा पत्रकार सम्मेलन गदैगठबन्धनले विगतका सहमति र सम्झौता कार्यान्वयन गराउन आन्दोलन गर्नुपरेको दावी गरेको छ । यसअघि गठबन्धनले २६ बुँदे साझा अवधारणापत्र सार्वजनिक गरेको थियो ।
२७ दल सम्मिलित गठबन्धनले मधेस आन्दोलन तथा आदिवासी जनजाति तथा प्रादेशिक आन्दोलनलाई अझ सशक्त र एकीकृत गर्दै राष्ट्रिय आन्दोलन परिचालन गर्नु आन्दोलनको उद्देश्य भएको दावी गरेको छ ।
आन्दोलनका घोषित कार्यक्रमहरुमध्ये पहिलो चरणमा सरकारलाई ज्ञापनपत्र बुझाउने रहेको छ । त्यसपछि संघीय गठबन्धले विभिन्न जिल्लामा कोणसभा गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । वैशाख १५ (२७ अप्रिल) गते सबै जिल्लाका प्रशासनमार्फत ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउने गठबन्धनको कार्यक्रम छ । ज्ञापन पत्र बुझाएको दुई दिनपछि अप्रिल २९ मा जिल्लाका सरकारी कार्यालयमा कालो झन्डा गाडेर विरोधको थालनी गर्ने, त्यसपछि मे ३ देखि मे १३ सम्म जिल्ला तथा प्रदेशका मुख्य सहरहरुमा विरोधसभा गर्ने उल्लेख छ।
गठबन्धनले जिल्लाका अतिरिक्त काठमाडौं केन्द्रित आन्दोलनलाई विशेष परिचालन गर्दै मे १४ (जेठ १ गते) को दिनलाई ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ नारालाई अभियानका रुपमा प्रचार गर्ने जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...