अर्घाखाँचीमा बस दुर्घटना, सात जनाको मृत्यु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर ११, २०७६

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिएका छन् । ।

बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेकोले उद्धार कठिनाइ भइरहको प्रहरीले जनाएको छ ।

घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा १८ बढी यात्रु सवार रहेको बताइएको छ ।  के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ । दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।