बस दुर्घटनामा निधन हुनेको संख्या १९ पुग्यो

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा परी १९ जनाको मृत्यु र एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी १२ जना पुरुष र ७ जना महिलाको मृत्यु भएको छ । मृतकमध्ये १ बालक र १ बालिका रहेका छन् । दुर्घटनामा परी नं। ५ वाहिनी रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको छ । मृतकमध्ये धेरैको घटनास्थलमा केहीको उपचारका क्रममा मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म मृतकको सनाखन हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेशविक्रम शाहका अनुसार सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको उक्त बस सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
घाइतेमध्ये दुई जनाको सन्धिखर्क र अन्यको बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयबासीले उद्धार गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...