नेपाली सामुदायिक संघ-संस्था र व्यवसायी बिच बृहत् अन्तरक्रिया हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, मंसिर १२, २०७६
एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिको आयोजनामा सिड्नीमा रहेका नेपाली सामुदायिक बिभिन्न संघ-संस्थाका प्रतिनिधि र व्यवसायीका बिच आउदों ३० नोभेम्बरका दिन  ऐडेन प्यालेस अलउड सिड्नीमा बृहत् अन्तरक्रिया हुदैछ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश राज दाहाल र हालै एनआरएनए आइसिसिमा अष्ट्रेलियाका प्रतिनिधित्व गर्दै बिजयी हुनु भएका सबैलाई सामुहिक रुपमा सम्मान एबं अभिनन्दन समेत गरिने उक्त कार्यक्रमा लगभग सबै  संघ-संस्थाका प्रतिनिधि र व्यवसायीहरुलाई बिभिन्न माध्यामबाट निमन्त्रणा गरि सकिएको एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिका सचिब दिपक पाहारीले बताए।
पाहारीका अनुसार समुदायका के कस्ता चासो र सरोकार छन्, त्यसमा एनआरएनए राज्य समितिले के भूमिका खेल्न सक्छ र संघ संस्था र ब्यबसायीहरु लाई समुदायको बृहत्तर हितको लागि एनआरएनएले के गर्न सक्छ भन्ने बिषयमा दोहोरै केन्द्रित भएर उक्त कार्यक्रममा अन्तरक्रिया हुनेछ । निम्न तिन मुख्य उदेश्य सहितको उक्त कार्यक्रममा आमन्त्रित सबैमा समुदायको सरोकारको बिषयमा विचार मन्थन गर्न उपस्थित भइ दिनु हुन  एनआरएनए एनएसडब्लु राज्य समितिले सबैमा हार्दिक अनुरोध गरेको छ।
  1.  Strengthen the relationship between NRNAA, Community Organisations and Business community for mutual benefits.
  2.  Strategy for making Visit Nepal Year 2020 successful. Nepal Government has announced the year 2020 as Visit Nepal Year and seeking help from NRN community, Community Organisations and Business community to make this a grand success.
  3.  Discuss about NRNA Australia incentive card called “Privilege card” that will go to all of our members who can use the card for discount from participating businesses for their Products and Services. Privilege card is expected to assist Nepalese business community by the strength of NRNA membership and on the other hand this is a great opportunity for NRNAA to promote the membership with a real value proposition.

कार्यक्रम सम्बन्धि थप जानकारीका लागि कार्यक्रम संयोजक एबं  एनआरएनए एनएसडब्लु राज्य समितिका सचिब दिपक पाहारीलाई  0423856375 वा  dpahari13@gmail.com मा सम्पर्क गर्न अनुरोध गरिएको छ।