मिस एसएलसी कन्टेष्टमा २० जना

काठमाडौं— एसएलसी दिएर बसेका किशोरीहरुलाई लक्षीत गरी ट्रिक मिडियाले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘मिस एसएलसी कन्टेस्ट–२०१६’ मा २० जना किशोरीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रवार सम्पन्न दोस्रो तथा अघिल्लो सातासम्पन्न पहिलो चरणको अडिसनपछि निर्णायक चरणका लागि २० जना प्रतिस्पर्धिहरु छनोट भएका हुन् ।
अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना लामो प्रशिक्षणका क्रममा क्याटवाकसहित व्यक्तित्व विकास, करियर काउन्सिलिङ, साईको–सोसल काउन्सिलिङ, मोटिभेसन, ईन्ट्रान्स प्रिपिरेसन आदि विधामा दक्ष बनाइने आयोजक
संस्थाका अध्यक्ष नहकुल खड्काले बताएका छन् ।
क्रियटिभ ईन्साईट मिडियाको सहकार्यमा सम्पन्न हुने यो प्रतियोगितालाई टेक्सास कलेजले प्रायोजन गर्न लागेको छ । धेरै बिद्यार्थीले सहभागिता जनाउन् भनेर मिस एसएलसी कन्टेस्टमा सहभागिता जनाउने किशोरीहरुले नि:शुल्क अडिसन दिएका हुन् । बिद्यार्थीमा सामाजिक भावनाको विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिताबाट हुने सम्पुर्ण फाईदा संयुक्त अपांग आवाज केन्द्रलाई प्रदान गरिने कार्यक्रम व्यवस्थापक जनक खड्काले जनाएका छन् ।
क्रियटिभ ईन्साईट मिडियाले अध्यक्ष सुर्य चन्दको नेतृत्वमा यस अगाडि पनि संयुक्त अपांग आवाज केन्द्रका अनाथ बालबालिकाका लागि सहयोग संकलन कार्यक्रम गर्दै
आएको थियो भने ट्रिक मिडियाले यसअघि प्रतियोगिवाट शुल्क नै नलिइ ‘मिस युथ नेपाल–२०१५’ शीर्षकको प्रतियोगिता आयोजना गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...