वडाध्यक्षमा कसले कहाँ जिते ?

काठमाडौं- शनिबार सम्पन्न उपनिर्वाचनमा कुल ४३ वडाध्यक्षहरु चुनावी मैदानमा थिए । उनीहरुमध्ये अधिकांशको चुनावी नतिजा आइसकेको छ । सबैभन्दा पहिले १६ प्रतिशत मात्र मत थसेको रोल्पाको थबाङबाट वडाध्यक्षको चुनावी नतिजा आउन थालेको हो ।
विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाध्यक्ष पदमा शनिबार निर्वाचन सम्पन्न भयो । गत २०७४ सालको स्थानीय चुनावमा यी ४३ वडाहरुमध्ये २४ वडामा वामपन्थी (एमाले, माओवादी र राजमो) ले जितेका थिए । कांग्रेसले १२ सीटमा मात्र जितेको थियो । अनलाइनखबरका अनुसार बाँकी ७ सीट अन्य दल र स्वतन्त्रले लगेका थिए ।
यसपालिकाे चुनावी परिणाम हेर्दा चितवन र दाङका केही वडाहरू नेकपाबाट कांग्रेसले खाेसेकाे छ । नेकपाले अर्घाखाँची, मालारानीको वडा गुमाएको छ । उता, भोजपुरकाे एउटा वडा कांग्रेसले गुमाएकाे छ । तराईमा नेकपाकाे सीट बाबुराम नेतृत्वकाे समाजवादीले र राजपाको सीट कांग्रेसले खोसाखोस गरेका छन्।
शनिबार साँझदेखि मध्य रातिसम्म हामीलाई प्राप्त वडाध्यक्षहरुको चुनावी नतिजा यस्तो छ –
सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)
कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)
नेकपा, धनबहादुर चन्द २१५
कुल मतदाता– ६१९
खसेको मत–४३८
(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)
हरिपूर्वा नगरपालिका वडा नं १ (सर्लाही)
समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)
राजपा, रामविश्वास राय ३२८
जनमत पार्टी– ५२
कांग्रेस– २३
कुल मतदाता– १३५६
खसेको मत–१०९३
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
घोराही नगरपालिका वडा नं १६ ( दाङ )
कांग्रेस, ७६५ (विजयी)
नेकपा, ३७८
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
मालारानी गाउँपालिका वडा नं ३ ( अर्घाखाँची )
कांग्रेस, शोभाकर खनाल १०५९ (विजयी)
नेकपा, यामलाल खनाल १०५३
कुल मतदाता– ३०३०
खसेको मत–२२२५
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
खैरहनी नगरपालिका वडा नं ४ ( चितवन )
कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)
नेकपा, वेदबहादुर अधिकारी, ९८६
कुल मतदाता–
खसेको मत–२१७२
(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)
खैरहनी नगरपालिका वडा नं ५ ( चितवन )
कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)
नेकपा, पुननारायण प्र्रधान ७५६
खसेको मत–१६७०
(यसअघिको चुनाव नेकपाले जितेको थियो)
धुलिखेल नगरपालिका वडा नं २ (काभ्रे)
नेकपा, देव कोइराला ८६७ (विजयी)
कांग्रेस, दणबहाुदर खत्री ५८२
राजपा, बासु थापा – ३२
राप्रपा संयुक्त, कृष्ण तामाङ – ६
खसेको मत– १५०२
(यसअघिको पनि चुनाव नेकपाले नै जितेको थियो)
रुरु गाउँपालिका वडा नं ६ (गुल्मीे)
नेकपा, गिरीप्रसाद सिँजाली ८०२ (विजयी)
कांग्रेस, वेदप्रसाद दर्लामी, ७२७
कुल मतदाता– २०४८
खसेको मत– १५४४
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
खाँदबारी नगरपालिका वडा नं ३ ( संखुवासभा )
नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)
कांग्रेस, विक्रम गुरुङ ४६७
कुल मतदाता– १८२२
खसेको मत–१२७०
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
दक्षिणकाली नगरपालिका वडा नं ३ ( काठमाडौं )
नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)
कांग्रेस, जयशंकर केसी २७८
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ ( पर्सा )
समाजवादी, रुपलाल यादव १०३१ (विजयी)
कांग्रेस, अशेश्वर यादव ८१९
नेकपा, उदयशंकर रौनियार २३२
कुल मतदाता–
खसेको मत–२१७२
(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)
गढीमाई नगरपालिका वडा नं २ ( रौतहट )
कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)
नेकपा ५९६
समाजवादी १२२
(यसअघिको चुनाव राजपाले जितेको थियो)
थबाङ गाउँपालिका वडा नं १ (रोल्पा)
नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)
कांग्रेसका कमलबहादुर रोका मगर– २६
कुल मतदाता– १२८४
खसेको मत–२०९
(यसअघिको चुनाव स्वतन्त्र उर्फ विप्लव समूहले जितेको थियो)
कुमाखमालिका गाउँपालिका वडा नं ५ (सल्यान)
नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)
कांग्रेस, २५१
राप्रपा २१
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
सुन्दर बजार नगरपालिका वडा नं २ ( लमजुङ )
नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)
कांग्रेस प्रकाश सेढाएँ ४८२
(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



