सागमा नेपाललाई पहिलो स्वर्ण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर १६, २०७६

काठमाडौँ-  १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालका कराँतेका मण्डयकाजी श्रेष्ठले एकल कातामा स्वर्ण जितेका छन् ।

यो नेपालका लागि पहिलो स्वर्ण हो ।

यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् ।

लगत्तै, तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन् ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ ।