पुरुष फुटबलमा भुटान विरुद्ध नेपालको शानदार जीत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग) पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध सान्दार जित दर्ता गराएको छ । नेपालले फाइनलमा भूटानलाई चार शुन्य गोल अन्तरले पराजित गरेको हो ।

खेलमा नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेटमै खाता खोलेका थिए । त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे । उनले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन् ।

६६ औ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन् । त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा चौथो गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन् ।

लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले फुटबलतर्फ पहिलो खेल खेलेको हो । हिजोमात्रै बंगलादेशविरुद्ध मैदान उत्रेका भूटानी खेलाडी आज थकित देखिन्थे। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो ।

लिग राउण्ड रोविनको आधारमा भएको प्रतियोतिगामा नेपाललको तीन अंक भएको छ । एक खेलमा विजयी भएको भूटानको पनि तीन अंक रहेको छ। पाँच टिमले सहभागी जनाएको प्रतियोगिताको शीर्ष दुई टोलीले गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्ने छन् ।