अख्तियारको नजरमा कनकमणिको भ्रष्टाचारका दोषहरु

रासस,
भ्रष्टाचार अभियोगमा पक्राउ परेका पत्रकार तथा साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा देश विदेशमा करोडाैं सम्पत्ति भेटिएको दाबी अख्तियार दुरूपयोग अनुसन्धान अायोगले गरेको छ ।
अख्तियारका अनुसार दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, पत्नी शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र एप्पल बैंक अमेरिकामा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको छ ।
कमलमणि दीक्षित, अन्जु दीक्षितको नाममा एचएसबिसी बैंकमा रहेको खाताबाट भारतको दिल्लीस्थित म्याट्रिक्स टिभी प्रालिको नाममा ५० हजार अमेरिकी डलर पठाएको पाइएको तर नियमानुसार नेपाल राष्ट्र बैंकलाई जानकारी नगराएको आयोगले जनाएको छ ।
त्यस्तै, दीक्षित दम्पतीको नाममा एसबिसी बैंक बेलायतमा २७ हजार ६३८ बेलायती मुद्रा मौज्दात रहेको, स्टयान्डर्ड बैंक बेलायतको ३६ हजार सेयर कनकमणिको नाममा रहेको र दम्पतीको नाममा एसबिसी बैंकको एक लाख २० हजार साधारण सेयर रहेको देखिएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सङ्घ तथा संस्थाबाट लिएको ११ करोड १२ लाख ४९ हजार ४३५ सहयोग कुन प्रयोजनका लागि खर्च गरेको प्रष्ट नभएको अख्तियारको भनाइ छ । विभिन्न निकायबाट प्राप्त गरेको तलब भत्ता, लाभांश तथा सुविधाबापत पाँच करोड आम्दानी गरेको देखिएको छ भने आम्दानी भन्दा बढी खर्च भएको सात करोडको आधार प्रष्ट नदेखिएको जनाइएको छ ।
दीक्षितले अमेरिकामा २०१० नोभेम्बर १० मा अमेरिकी डलर चार लाख ३५ हजारमा अपार्टमेन्ट खरिद गरेको अख्तियारको दाबी छ । उनले ललितपुर लामाटार–७ मा अवस्थित जग्गा कीर्ते गरी बेचबिखन गर्दा मोही र गुठियारलाई झुक्याएको अनुसन्धानबाट पत्ता लागेको छ ।
त्यसैगरी, हिमाल मिडिया र जगदम्बा प्रेसले साल्ट ट्रेडिङ कर्पोरेसनलाई तिर्नुपर्ने एक लाख ४३ हजार ५३ र जगदम्बा प्रेसले तिर्नुपर्ने २१ हजार ५८९ अझैसम्म नतिरेको पाइएको छ । यसले सरकारी संस्थालाई घाटा पुर्याएको अध्ययनबाट देखिएको छ ।
यसैबीच विशेष अदालतले दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष महेश भट्टराई तथा सदस्य प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले अनुसन्धानका लागि पक्राउ परेको मितिले १० दिन थुनामा राख्न आदेश दिएको हो ।
अकुत सम्पत्ति जोडेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितलाई शुक्रबार पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आर्इसीयू) मा उपचाररतदीक्षितलाई भने अदालतमा उपस्थित गराइएको थिएन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...