मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौं- बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ ।
सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज (वीरगन्ज), चितवन मेडिकल कलेज (चितवन), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (भैरहवा) र जानकी मेडिकल कलेज (जनकपुर) का विद्यार्थीले चिकित्साशास्त्र पहिलो वर्षको उक्त वार्षिक परीक्षा बहिष्कार गरेका हुन्।
मेडिकल कलेजले अवैधरूपमा उठाएको शुल्क फिर्ताको माग राखेका उनीहरूले माग पूरा नभएसम्म परीक्षामा सहभागी नहुने जिकिरका साथ आन्दोलनमा उत्रिएका छन् । सरकार र कलेज सञ्चालकबीच यही मंसिर १० गते २ बुँदे सहमति भएलगत्तै विद्यार्थीले सहमति कलेज सञ्चालकको हितमा भएको भन्दै विरोध जारी राखेका हुन् ।
चितवन मेडिकल कलेजका सबै विद्यार्थीले प्रवेशपत्रसमेत च्याती परीक्षा बहिष्कार गरेका थिए । भैरहवास्थित युनिभर्सल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेर कलेज परिसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए । उनीहरूले २० दिनदेखि रिले अनशन जारी राखेका छन्।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीशप्रसाद अग्रवालले भने परीक्षा नदिने विद्यार्थीले ६ महिनापछि मात्रै ब्याक पेपर दिन पाउने बताउँदै थप समय दिएर परीक्षा दिने कानुनी प्रावधान नभएको दाबी गर्नुभयो। यद्यपि ती विद्यार्थीले दोस्रो दिनदेखि परीक्षा दिन पाउने उहाँको भनाइ थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...