शशांकले जनसम्पर्क समिति अमेरिकाको विवाद मिलाए

न्यूयोर्क, नेपाली कांग्रेसका महामन्त्री शशाँक कोइरालाले आफ्नो उपस्थितिमा तत्कालका लागि जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद मिलाएका छन । केही दिनको लागी अमेरिका भ्रमण आएको मौका पारी नेपाल जनसम्पर्क समिती अमेरिकामा देखिएको विवादको प्रभाव आफ्नो कार्यक्रममा समेत देखिएपछि दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न लिखित सहमति गराएका हुन । अध्यक्ष आनन्द विष्टले आयोजना गरेको कार्यक्रममा असन्तुष्ट पक्ष नआउने भन्दै समय समेत जुधाएर कार्यक्रम गर्न लागेपछि महामन्त्रि कोईरालाले असन्तुष्ट पक्षलाई कार्यक्रममा आउन गरेको आग्रह अनुसार महासचिव मुनेन्द्र नेम्वाड समुह सहमतिमा हस्ताक्षर गर्दै कार्यक्रममा सहभागी भएका हुन ।
सो कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले व्यक्तिगत भन्दा विचारमा फरकपन आएमा मात्रै पार्टी जिवन्त हुने बताउँदै आईन्दा यस्ता विवाद नगर्न आग्रह गरे । उनले पार्टीमा वीपीको पालामा पनि विवाद असहमति हुने गरेको स्मरण गर्दै महामन्त्रि कोईरालाले भने विचारमा जति विवाद गरे पनि हुने धारणा व्यक्त गरे । जब पार्टीमा ग्रुपिजम हुन्छ त्यो ज्यादै खतरनाक हुने समेत उनल स्पष्ट पारे । नेपाली काँग्रेसलाई पैसाको अबश्यकता नभएको र कोही कसैले मागेमा पनि बिदेशमा बस्ने जनसम्पर्क समितीका साथीहरुले दिन नहुने भन्दै बरु नेपाली कांग्रेसलाई बुद्धी तथा ज्ञानगुनका खाँचो रहेको बताए ।
नेपाली कांग्रेसलाई आधुनिकरण तर्फ लैजानसमेत आफुले छिटै नै पहल गर्ने कोइरालाले बताएका छन् ।
नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्टले नेपाल जनसम्पर्क समिती अमेरिकामा असहतिको बाताबरण थियो त्यो माहोललाई निबारण गर्ने महामन्त्रीले जुन पहल गर्नु भयो त्यसको लागि धन्यबाद दिदै अध्यक्ष बिष्टले नेपाल जनसम्पर्क समितीका साथीहरु बीचमा आपसी बिबादलाई सुल्झाउन नेपाल जनसम्र्पक समिती केन्द्रिय कमिटी बिधी र बिधानहरुमार्फत आए आफु जस्तो सुकै कुरा सुन्न पनि तयार रहेको बताए । अध्यक्ष बिष्टले नेपाली जनसम्पर्क समितीका केही सदस्यहरुलाई तीन महिनाको लागी गरिएको कारर्बाही पनि आजैको मिती अप्रिल २३ तारिक बाट खारेज भएको बताए । नेपाल जनसम्पर्क समितीका महासचिब मुनेन्द्र नेम्बाङ्गद्धारा सञ्चालन गरिएको सो कार्यक्रममा नेपाल जनसर्मक समिती लङ्ग आईल्यण्ड तथा न्युयोर्क च्याप्टरका बिश्वराज बाँस्तोल तथा रोशन ढुङ्गानाले मन्तब्य राखेका थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...