अमेरिकी विदेशमन्त्री जोन केरीले सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने
अमेरिकी विदेशमन्त्री जोन केरीले आगामी सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने भएका छन । अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासंगको भेटमा अमेरिकी विदेशमन्त्री केरीले आगामी सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने जनाएका छन् । उच्चस्तरीय भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीको पनि अमेरिका भ्रमणका लागि व्यवस्थापन गर्न भेटमा नेपाली राजदुतलाई भनेका छन । पराष्टमन्त्री थापासंग सोमबार वासिङटन डिसीमा भेटवार्ताका क्रममा विदेशमन्त्री केरीले नेपालको सविधान बनेकोप्रति खुसी व्यक्त गर्दै पछिल्लो पटक भएको संशोधनले नेपालमा देखिएको समस्या समाधान गर्न सहयोग हुने भन्दै त्यसप्रति खुसी व्यक्त गरेका छन । भेटको क्रममा नेपालको विकासमा अमेरिकाले गर्न सक्ने संभाव्यता र नयाँ सविधान आएपछि नेपालको प्राथमिकताका बारेमा चासो प्रकट गरेका थिए ।
अघिल्लो हप्ता न्युयोर्क आई पुगेका उप–प्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा सविधान जारी भएपछि अब मुलुकको विकासमा ध्यान दिनुपर्ने भन्दै आफ्नो मुलुक भित्रको समस्या आफै समाधन गर्न नेपाली स्वयं सक्षम रहेको बताएका थिए ।
उपप्रधानमन्त्री थापासँगको भेटमा विदेशमन्त्री केरीका साथै अमेरिकी पक्षबाट राजनीतिक मामिला हेर्ने उपमन्त्री, दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री र अन्य दुई अधिकारी पनि सहभागी थिए । नेपाली टोलीमा राजदूत कार्की, नियोग उपप्रमुख ऋषि घिमिरे र मन्त्रालयका उपसचिव भरत रेग्मी पनि सहभागी रहेका थिए ।
उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले न्युयोर्कको कार्यक्रम सकेर बेलायत फर्कनुअघि वासिङटन पुगेर अमेरिकी विदेशमन्त्री केरीसँग दुईपक्षीय भेटवार्ता गरेका हुन् । केरीको आफ्नो कार्यकक्षमा भएको भेटमा नेपालप्रति निकै सकारात्मक भएको
राजदूत डा. अर्जुनकुमार कार्कीले बताए । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले सञ्चालन गरेको ‘पेरिस सम्झौता’को समारोहमा सहभागी हुन अमेरिका आएका हुन । थापाले फ्रान्सको राजधानी पेरिसमा सन् १२ डिसेम्बर २०१५ मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय रुपरेखा अनुमोदन गर्ने सम्मेलन समारोहमा उपप्रधान मन्त्री थापाले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्नुका साथै सम्बोधन गरेका थिए ।
सो अवसरमा परराष्ट्रमन्त्री थापाले बिहीबार ‘दिगो विकास लक्ष्य’सम्बन्धी छलफललाई सम्बोधन गरेका थिए । सो अवसरमा सयुक्त राष्ट्रसङ्घीय महासभाको ७०औँ बैठकका अध्यक्ष मोगेन्स लिक्केटोफसहित राष्ट्रसङ्घका उच्च अधिकारीसँग पनि उपप्रधानमन्त्री थापाले द्विपक्षीय बैठक गरेको बताइएको छ
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...