सिड्नीमा शेर्पा ल्होसार २१४७ मनाइदै

शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सले आगामी वर्ष शेर्पा ल्होसार २१४७ मनाउने भएको छ । मुसा बर्षका रुपमा मानिने यस बर्षको शेर्पा ल्होसार आउदो ८ मार्च २०२० आइतबारका दिन साँझ रकडेलस्थित इन्द्रेणी फंगसन सेन्टरमा आयोजना हुदै छ।
“शेर्पा किदुक अस्ट्रेलिया” २००८ स्थापना भएपनि एनएसडब्लुमा रहेका शेर्पा समुदायलाइ एकै ठाउमा गोलबन्द गरि आफ्नो भाषा, संस्कृति र पहिचान जीवन्त राख्न हालै शेर्पा एशोसियसन अफ एनएसडब्लु स्थापना गरिएको जानकारी संस्थाका अध्यक्ष कर्मा चावा शेर्पाले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए।
ल्होसार, शेर्पाहरुको महान चाड र नयाँ वर्ष पनि हो। यस अवसरमा शेर्पा संस्कृति नाचगान खाना परिकारहरु सहित पर्व मनाइरहदा आफ्नो मातृभूमि छाडेर प्रवासमा बसेका नया भाइबहिनिहरु, नयाँ तथा पुराना पुस्ता सबैमा आपसी भाइचारा, पारिवारिक भावनाको विकास तथा शेर्पा संस्कृतिलाइ जीवन्त राख्न मद्दत पुग्ने अध्यक्ष शेर्पाले बताए ।
नबगठित शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सको कार्यसमिति कुल १६ जनाको छ जसमा ७ जना बोर्ड मेम्बर र ९ जना कार्यकरी सदस्यहरु छन् ।
अध्यक्ष कर्मा शेर्पाका अनुसार सिड्नीमा करिब ५०० को संख्यामा शेर्पाहरु रहेको अनुमान छ । बिशेष गरि सिड्नीमा आफ्नो पुर्ख्यौली घर नेपालको सोलोखुम्बु र रामेछापबाट भएका शेर्पाहरुको बाहुल्यता रहेको बुझिएको छ ।
शेर्पा समुदाय र नेपाल पर्यटन एक अर्कामा अन्योंन्याश्रित सम्बन्ध राख्दछन । हिमाली क्षेत्रहरुमा आरोहण र ट्रेकिंगमा स्थानीय शेर्पा समुदायले प्रदान गरेको योगदान र निर्माण गरेको पहिचान अस्ट्रेलियाका पर्यटक र नेपाल घुम्न जाने सम्भावित पर्यटकहरुमा पनि चिर परिचित छ । तसर्थ हामि सिड्नीमा रहेका शेर्पाहरु नेपाल सरकार, दूताबास र एनआरएनएले अगाडी बढाएको भिजिट २०२० प्रचार प्रसारमा मिलेर काम गर्न चाहन्छौ, अध्यक्ष कर्मा चावा शेर्पाले बताए ।
शेर्पा ल्होसारमा सबैलाइ उपस्थित भै हामिलाई प्रोत्साहन गर्न समुदायका सबैसंग शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सले हार्दिक अनुरोध गरेको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...