सिड्नीमा शेर्पा ल्होसार २१४७ मनाइदै

शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सले आगामी वर्ष शेर्पा ल्होसार २१४७ मनाउने भएको छ । मुसा बर्षका रुपमा मानिने यस बर्षको शेर्पा ल्होसार आउदो ८ मार्च २०२० आइतबारका दिन साँझ रकडेलस्थित इन्द्रेणी फंगसन सेन्टरमा आयोजना हुदै छ।
“शेर्पा किदुक अस्ट्रेलिया” २००८ स्थापना भएपनि एनएसडब्लुमा रहेका शेर्पा समुदायलाइ एकै ठाउमा गोलबन्द गरि आफ्नो भाषा, संस्कृति र पहिचान जीवन्त राख्न हालै शेर्पा एशोसियसन अफ एनएसडब्लु स्थापना गरिएको जानकारी संस्थाका अध्यक्ष कर्मा चावा शेर्पाले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए।
ल्होसार, शेर्पाहरुको महान चाड र नयाँ वर्ष पनि हो। यस अवसरमा शेर्पा संस्कृति नाचगान खाना परिकारहरु सहित पर्व मनाइरहदा आफ्नो मातृभूमि छाडेर प्रवासमा बसेका नया भाइबहिनिहरु, नयाँ तथा पुराना पुस्ता सबैमा आपसी भाइचारा, पारिवारिक भावनाको विकास तथा शेर्पा संस्कृतिलाइ जीवन्त राख्न मद्दत पुग्ने अध्यक्ष शेर्पाले बताए ।
नबगठित शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सको कार्यसमिति कुल १६ जनाको छ जसमा ७ जना बोर्ड मेम्बर र ९ जना कार्यकरी सदस्यहरु छन् ।
अध्यक्ष कर्मा शेर्पाका अनुसार सिड्नीमा करिब ५०० को संख्यामा शेर्पाहरु रहेको अनुमान छ । बिशेष गरि सिड्नीमा आफ्नो पुर्ख्यौली घर नेपालको सोलोखुम्बु र रामेछापबाट भएका शेर्पाहरुको बाहुल्यता रहेको बुझिएको छ ।
शेर्पा समुदाय र नेपाल पर्यटन एक अर्कामा अन्योंन्याश्रित सम्बन्ध राख्दछन । हिमाली क्षेत्रहरुमा आरोहण र ट्रेकिंगमा स्थानीय शेर्पा समुदायले प्रदान गरेको योगदान र निर्माण गरेको पहिचान अस्ट्रेलियाका पर्यटक र नेपाल घुम्न जाने सम्भावित पर्यटकहरुमा पनि चिर परिचित छ । तसर्थ हामि सिड्नीमा रहेका शेर्पाहरु नेपाल सरकार, दूताबास र एनआरएनएले अगाडी बढाएको भिजिट २०२० प्रचार प्रसारमा मिलेर काम गर्न चाहन्छौ, अध्यक्ष कर्मा चावा शेर्पाले बताए ।
शेर्पा ल्होसारमा सबैलाइ उपस्थित भै हामिलाई प्रोत्साहन गर्न समुदायका सबैसंग शेर्पा एशोसियसन अफ न्युसाउथवेल्सले हार्दिक अनुरोध गरेको छ ।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...