संगीतमा करियर बनाउन सजिलो छैन : कला लम्साल, गायिका

नेपाली सांगीतिक क्षेत्रमा गायिका कला लम्सालले आफ्नो स्थान सुरक्षित बनाउँदै गएकी छिन् । उनले सांगीतिक यात्रा प्रारम्भ गरेको एक दशक भैसकेको छ । यो अवधिमा उनले लोक तथा दोहोरी गायनको क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी छिन् । उनले स्वरवद्ध गरेका गीतहरुको एल्बमको संख्या नै दुई दर्जन नाघिसकेको छ । उनले गाएका गीतहरुमध्ये नाकै हेर्दा था हुनी, छड्के तिलहरी, धानको चामल, मर्न पाए, पातली, हिमाल पहाड आँगन आदि लोकप्रिय मानिन्छन् । तीजको अवसर पारेर उनले गाएको गीत ‘पातली’ तथा यही गीतको भिडियोमा गरेको अभिनयलाई दर्शकहरुले अत्यन्त रुचाएका थिए । कलाको गायकीमा एउटा विशेषता छ । उनी प्रायः मौलिक गीतहरु मात्र गाउ“छिन् । आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय पनि गर्छिन् । बुवा लिलामणि लम्साल तथा आमा राधा लम्सालको कोखबाट तनहूमा जन्मिएकी यी गायिकाले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा भारत, दुबई, कतार, मलेसिया, बेलायत, रसिया, जापान जस्ता देशहरुसम्म पुगिसकेकी गायिका कला लम्सालसंग द नेपाली टाइम्सका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको कुराकानी :
सांगीतिक क्षेत्रमा कसरी आइपुग्नु भयो ?
बाल्यकालदेखि नै म रेडियो तथा टेलिभिजनमा सुनेका–देखेका गीतहरु गाउ“थे । पुराना गायक–गायिकाहरुले गाएका गीतहरु गाएको देखेरै म पनि गायिका बनेकी हुँ ।
यो अवधिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
केही वर्ष अघिसम्म पनि नेपाली समाजमा छोरी मान्छे घरबाट बाहिर निक्कन सहज थिएन । परिवारलाई कन्भिस गर्न नै समय लागेको थियो । बुवा–आमाहरु छोरीले गीत नगाउँदा खुशी हुने अवस्था थियो । यद्यपि, मैले उहाँलाई सम्झाएर आफूलाई कलाकार बनाउन सफल भएँ । आफ्नो सांगीतिक करियरप्रति म सन्तुष्ठ छु ।
लोक दोहारी संगीतको क्षेत्रमा विगत र अहिलेको अवस्थामा के कस्ता अन्तर पाउनु भएको छ ?
विगतका दिनहरुभन्दा अहिले नेपाली लोक–दोहोरी गीत–संगीतको क्षेत्र निकै फस्टाएको छ । धेरै परिमार्जित भएको छ । त्यसो त यो क्षेत्रमा सकारात्मक परिवर्तनसंगै केही विकृतीहरु समेत आएका छन् । यद्यपि, हामी कलाकारहरुले राम्रा कुरालाई मात्र फलो गर्नु पर्छ ।
सांगीतिक क्षेत्रमा स्थापित हुन के के गुणहरु आवश्यक मान्नु हुन्छ ?
सांगीतिक क्षेत्रमात्र होइन कुनै पनि क्षेत्रमा स्थापित हुनका लागि लगनशील, इमान्दारिता तथा निरन्तरताको आवश्यकता पर्दछ । सांगीतिक क्षेत्रमा सफल हुनका लागि भने राम्रो प्रतिभा समेत चाहिन्छ । गीत–संगीतमा राम्ररी भिज्न सक्नु पर्छ ।
अहिलेसम्म कति वटा गीत रेकर्ड गरिसक्नु भयो ?
मेरो पहिलो गीत मर्न पाए खुशी हुन्थें म…शीर्षकको थियो । उक्त गीत मैले २०६५ सालमा रेकर्ड गरेकी थिएँ । उक्त गीतमा मलाई गायक खुमन अधिकारीले साथ दिनु भएको थियो ।
आफैंलाई मन परेका गीतहरु कुन कुन छन् ?
हरेक आमा–बुवालाई आफ्ना सन्तानहरु सबै प्यारा लाग्छन् । मलाई पनि मेरा प्रायः सबै गीतहरु उत्तिकै प्रिय छन् । यद्यपि, सबैभन्दा मनपर्ने गीत चाहिं ‘वनैमा फूलेको चमेली…’ हो ।
परिवारबाट कत्तिको साथ र सहयोग पाउनु भएको छ ?
परिवारबाट त प्रारम्भमा खासै साथ र सहयोग पाइन । परिवारबाट छोरीले पढेर कुनै पनि सरकारी अधिकृतको जागिर खाओस् भन्ने चाहना थियो । पछि सांगीतिक क्षेत्रका आकर्षक बुझ्न थाल्नु भएपछि मलाई सहज भयो ।
संगीतलाई नै करियर बनाउन कत्तिको सहज छ ?
संगीतलाई नै करियर बनाउन निकै गाह्रो छ । जीविकापार्जनमा पहिलाभन्दा थोरै गाह्रो त छ । तर मेला–महोत्सवबाट पनि राम्रै आम्दानी हुन्छ । स्टेजले हामीलाई राम्रो रोजगारी दिइरहेको छ । यद्यपि, ब्याकअपमा अरु कुनै काम गर्न सकियो भने जीवन सहज हुन्छ ।
संगीतबाहेक अरु केमा रुची छ ?
म धेरै कुरा गर्न मन पराउँछु । उपन्यास पढ्न मन पराउँछु ।
गायिका नबन्नु भएको भए ?
यदि गायिका नभएको भए म कुनै टेलिभिजनमा समाचार वाचिकाको रुपमा सक्रिय हुन्थें होला ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



