काठमाडौंबाट ८६ जना विदेशी नागरिक समातिए

काठमाडौं- गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ८६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा छापा मार्दा थुप्रै विदेशी नागरिकहरु र उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
‘विशेष अप्रेसन’ नै चलाएर परिसरले सोमबार बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो।
‘८६ जनाभन्दा बढी नागरिक पक्राउ गरेका छन्, उनीहरूको गैरकानुनी धन्दाको विस्तृतबारे पछि जानकारी दिन्छौं,’ परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।
प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । प्रहरीले वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।
एसएसपी सुवेदीले बैंक ह्याकिङमा संम्लग्नहरुलाई गत भदौमा नियन्त्रणमा लिएको उच्च अदालत पाटनले थुनामा पठाएको समयमा सोही गिरोहसँगको संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको बताउनुभयो । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



