दुर्जकुमारको बढुवा, भए सशस्त्र प्रहरीका महानिरीक्षक

काठमाडौं— सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएपछि राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी तोकिएको थियो । दोस्रो जनआन्दोलन दबाउन राईले मुख्य भूमिका निर्वाह गरेको भन्दै रायमाझी आयोगले कारवाहीको सिफासिर गरेको थियो ।
मन्त्रीपरिषद् बैठकले आगामी बजेट अधिवेशन वैशाख २१ (मे ३) गते ११ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने कानुनी व्यवस्था छ ।
मन्त्रिपरिषद बैठकले राप्रपा नेपालबाट सहायकमन्त्रीमा नियुक्त भएका विराट विष्टलाई पदमुक्त गरी उनको ठाउँमा राप्रपा नेपालकै रेशमकुमार लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्रीमा नियुक्त गरेको छ । यसैगरी बैठकले रुपन्देहीबाट विभिन्न वहानामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जना भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...