प्रदेश ३ को नाम अब बाग्मती प्रदेश

काठमाडौं- अन्ततः करिव दुई वर्षपछि प्रदेश(३ को नाम र राजधानी टुंगो लागेको छ । आज बसेको प्रदेश सभा बैठकले नाम र राजधानीको टुंगो लगाएको हो । प्रदेश सभाले प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ भने राजधानी हेटौंडा राख्ने विषय दुई तिहाइले पारित गरेको हो ।
११० सदस्य रहेको प्रदेश सभामा मतदानमा १०८ सदस्य सहभागी भएका थिए । प्रदेशको नाम बाग्मती राख्ने विषयमा १०८ मतदान भएको प्रदेश-३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
तर, राजधानी हेटौंडाका पक्षमा भने १०५ मत परेको थियो । राजधानी धुलिखेल राख्ने प्रस्तावमा एक स्वतन्त्रसहित तीन सांसदले मतदान गरेका थिए ।
प्रदेश–३ का सभामुख श्रेष्ठले राजधानी हेटौंडा कायम होस् भन्ने प्रस्तावको पक्षमा १०५ मत खसेकाले दुई तिहाइ मतले पारित भएको घोषणा गरे ।
नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।
यसअघि १३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश–३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । केन्द्रको निर्णय अनुरूप नेकपा प्रदेश–३ संसदीय दलको बैठकले त्यसैलाई निर्णय गरेको थियो ।
सात प्रदेशमध्ये अब प्रदेश १,२ र ५ ले नाम र राजधानी टुंग्गाउन बाँकी छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...