दामन घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं- दामनको एक रिसोर्टभित्र बेहोस अवस्थामा भेटिएका आठ जना भारतीय नागरिकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएपछि छानविनका लागि सरकारले समिति गठन गरेको छ ।
दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा ८ जना भारतीय पर्यटक एउटै कोठामा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ नेपालका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।
पर्यटन विभाग, होटेल शाखाका अधिकृतले सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।
विभागका अनुसार घटनामा रिसोर्टले निर्धारित मापदण्ड पुरा गरे नगरेको सम्बन्धमा अध्ययन हुने र पर्यटकको सुरक्षामा रिसोर्टको तर्फबाट कमजोरी भए नभएको बारे अध्ययन हुने जनाइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...